नेपालगन्ज : बाँके जिल्लामा कता हराउदै छ मानवता ?हामी मानवहरु कता जादै छौं भनि सामाजिक कार्य र सकारात्मक सन्देश दिने उद्देश्यका साथ स्थापना गरिएको गैर सहकारी संस्था मानवता नेपाल बाँकेले नेपाल पत्रकार महासंघ बाँकेलाई एम्बुलेन्स खरिद गर्ने कार्यमा सहयोग पुगोस् भन्ने हेतुले आर्थिक सहयोग गरेको छ ।
मानवता नेपालका कार्य समितिका सदस्यहरुको सहयोगमा पत्रकार महासंघ बाँकेलाई रु ११ हजार १ सय ५ रुपैयाँ सहयोग गरेको संस्थाकि अध्यक्ष अम्बिका काफ्लेले बताउनुभयो ।

मानवता नेपालले बाँके जिल्लामा बेबारिसे अवस्थामा भेटिएका लासलाई पनि अन्तिम संस्कार गर्दै आइरहेको अध्यक्ष काफ्लेले भन्नुभयो । संस्थाले विभिन्न सामाजिक कार्य गर्ने, जनचेतना जगाउने, अन्य संघसंस्थाहरुसंग सहकार्य गरेर सेवा गर्ने संस्थाका सचिव कमल शाहीले बताउनुभयो ।
हिजो पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई उक्त रकम मानवता नेपालका सल्लाहकार नमस्कार शाह, संस्थाका सहसचिव नवीन शर्मा, सदस्य नेत्र सापकोटाको उपस्थितिमा हस्तान्तरण गरिएको थियोे ।

