युवा संघ नेपाल र अनेरास्ववियू बाँकेले संयुक्तरूपमा जिल्ला प्रशासन कार्यालयलाई बुझाए ध्यानाकर्षण पत्र

मुख्य खबर

नेपालगन्ज : राष्ट्रिय युवा संघ नेपाल बाँके र अनेरास्ववियु बाँकेले संयुक्तरूपमा कालोबजारी, भ्रष्टाचार, विकृति लगायतको विषय रोक्नुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय बाँकेलाई आज ध्यानाकर्षण पत्र बुझाएका छन् ।

देश व्यापि रुपमा यस महामारिको कारण जनजीवन अस्त ब्यस्त भयको हुदा विभिन्न औषधि र अत्यावश्यक बस्तुहरुको भ्रष्टाचार, कालोबजारी, विकृती, विसंगति जस्ता कृयाकलापहरु बढ्दै गएको हुदा यसको नियन्त्रणका लागि अनेरास्ववियु बाँके र राष्ट्रिय युवा संघ नेपाल बाँकेले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यलय बाकेमा ध्यानाकर्षण पत्र बुझाएको राष्ट्रिय युवा संघ बाँकेका अध्यक्ष तिलक वीर सुनारले बताउनुभयो ।

उक्त ध्यानाकर्षण पत्र बुझाउन  राष्ट्रिय युवा संघ बाँकेका अध्यक्ष क. तिलक वीर सुनार, अनेरास्ववियु बाँकेका सचिव क. प्रकाश बि.क., साथै महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका अनेरास्ववियुका अध्यक्ष क. माधव खत्रीको उपस्थिति रहेको थियो।
हेर्नुहोस ध्यानाकर्षण पत्र:

Leave a Reply

Your email address will not be published. Required fields are marked *