
नेपालगन्ज : बाँकेमा कोरोना संक्रमणको सङ्ख्या वृद्धिमा केही कमी भएको छैन । प्रत्येक दिन संक्रमितको सङ्ख्या उल्लेख्य मात्रामा बढेको पाइन्छ । शुक्रबार बाँकेमा ४७८ जनामा कोरोना पुष्टि भएको छ । जस मध्ये यो अहिलेसम्मकै धेरै सङ्ख्या रहेको छ ।
भेरी अस्पताल नेपालगन्जको परिक्षणमा २५० जनामा कोरोना पुष्टि भएको छ भने, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा १५५ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी बागेश्वरी ल्याबमा गरिएको परिक्षणमा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताएका छन् ।

दैनिक रुपमा कोरोना संक्रमण बढ्ने र मृत्युु हुनेको सिलसिला समेत नरोकिएको अवस्थामा जिल्ला प्रशासन कार्यालयले हिजो देखि १ हप्ता नेपालगन्ज उपमहानगरपालिका का २३ वटै वडामा निषेधाज्ञा जारी गरिएको छ ।
