प्रेस सेन्टर नेपाल बाँकेले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

मुख्य खबर

नेपालगन्ज : प्रेस सेन्टर नेपाल बाँकेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जिल्ला प्रशासन कार्यालय सिडियो मार्फत १४ बुदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

प्रेस सेन्टर नेपालले देशका सबै जिल्लाबाट र आफ्नो संगठन गठन भएको नगर तथा पालिकाहरुबाट उक्त ध्यानाकर्षण पत्र एकसाथ बुझाएको हो ।

आज बाँकेको कोहलपुर नगरपालिकामा, खजुरा गाउँ पालिका र जिल्ला प्रशासन कार्यालय नेपालगन्जमा बुझाइएको हो । बाँकेका सहायक सिडियो टोपेन्द्र केसीले उक्त पत्र बुझ्दै आफुले प्रधानमन्त्री कार्यालयमा पठाइदिने बताए ।

उक्त पत्रमा सरकारले मन्त्रीपरिषद्बाट निर्णय गरी नीति कार्यक्रममार्फत समानुपातिक विज्ञापन प्रणालीको नीति ल्याएकोमा हार्दिक आभार व्यक्त गर्दै समानुपातिक विज्ञापनको नीतिलाई व्यवहारिक रुपमा तत्काल कार्यन्वयन गर्न माग गरिएको छ ।

त्यसैगरी विज्ञापनलाई एकद्दार प्रणालीमा लैजाने ब्यवस्था मिलाउन आग्रह , विज्ञापन बोर्डलाई समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयनको लागि थप जिम्मेवार बनाउन तथा प्रकृया पूरा गरी सञ्चालनमा रहेका अनलाइन सञ्चार माध्यमहरुलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने विषयमा बजेटमा सम्बोधन भए पनि त्यसको कार्यान्वयनमा देखिएको समस्या हल गर्न लगायतका मागहरू रहेका छन् ।
हेर्नुहोस् ध्यानाकर्षण पत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *