निवर्तमान अध्यक्ष र पूर्व अध्यक्ष सहितको समावेशी प्यानल घरवारीटोलमा चुनावी प्रचारप्रसारमा

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको भदौ २ गते हुन गइरहेको निर्वाचनका लागि दुईवटा प्यानल चुनावी मैदानमा रहेका छन् । सोही क्रममा टंक बहादुर धामी नेतृत्वको समावेशी प्यानल आज घरवारीटोल देखि त्रिवेणी मोडसम्म प्रचारप्रसार गरेको छ । निर्वतमान अध्यक्ष नन्दलाल वैश्य, पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ सहितको टीम समावेशी प्यानलको टीमलाई जिताउन मतदाताको घरदैलोमा पुगेको हो […]

Continue Reading

को हुन ? नेपालगन्ज उद्योग वाणिज्य संघमा सदस्य पदमा उम्मेदवार दिएका तोप बहादुर थापा

केपी घिमिरे – नेपालगन्ज उद्योग वाणिज्य संघको भदौ २ गते  हुन लागेको निर्वाचनमा सदस्य पदमा उम्मेदवार उठेका तोप बहादुर थापाले २०५१ साल फाल्गुन महिना देखि सानो घुम्ती पसलबाट सुरु गरेका थिए । सुरुमा १७०० को सामान हाली व्यापार सुरु गरेका थापाले ५ वर्ष जति उक्त घुम्ती पसल  सञ्चालन गरेका थिए । त्यसपछि वि.स. २०५६ सालबाट […]

Continue Reading

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन: को हुन ? महिला उपाध्यक्ष मन्दिरा पाण्डे ?

केपी घिमिरे : गोर्खा जिल्लामा २०३१ सालमा बुबा रमेश न्यौपाने र आमा  गोमा न्यौपानेको कोखमा जन्म लिनु भएको मन्दिरा पाण्डे सानै उमेरमा नै व्यवसायी बन्ने उहाँको सपना रहेको थियो ।  वि.स. २०३२ सालदेखि बाँकेको कोहलपुरमा बसाइँसराई गरेका न्यौपाने परिवारले २०४९ सालदेखि नेपालगन्जमा स्टेसनरी व्यवसाय गर्ने सोच बनाइ सोही अनुसार पाण्डेले व्यवसाय गरेको बताउनुहुन्छ। न्यु त्रिवेणी […]

Continue Reading

उद्योग वाणिज्य संघ निर्वाचन : अध्यक्ष पदका उम्मेदवार धामी वाचमेन देखि सफल व्यवसायी

भनिन्छ “हुने बिरुवाको चिल्लो पात ” भन्ने नेपाली उखान हामी सबैलाई थाहा छदैछ । अधिकांशले गाउँ घरमा बाल्यकालमा देखिएको लक्षण हेरेर नै ब्यक्तिको भविष्यबारे आकंलन गर्ने गर्छन । धेरै जसो मानिसहरुले बाल्यकाल देखि नै लाइनमा लागेर भबिष्य सफल बनाएका पनि हुन्छन । आफ्नो चाहना अनुसार पेशा, ब्यबसाय देखि बिभिन्न क्षेत्रमा सफलता हासिल गरेका यस्तै सफल […]

Continue Reading

१७ बुदे प्रतिबद्धता सहित समावेशी प्यानल चुनावी मैदानमा हेर्नुहोस्

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी २ भदौमा हुने निर्वाचनका लागि समावेशी प्यानलले १७ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ । हरेक प्रतिबद्धता सबाट सुरु भएको छ । समावेशी प्यानलले १८ साउनमा उम्मेदवारी घोषणा कार्यक्रममा प्रकाशन समितिका संयोजक कोषराज रेग्मीले प्रतिबद्धताहरु सार्वजनिक गरेका थिए । समावेशी प्यानल टंकबहादुर धामीको नेतृत्वमा प्यानल बनाएर चुनावी अभियानमा छ । […]

Continue Reading

डा. आसिम किदुवाईको पहलमा नेपालगन्जमा अर्टिजम बालबालिकालाई फिजियोथेरापी सुरु

नेपालगन्ज : मध्य तथा सुदूर पश्चिम क्षेत्रका अटिजम भएका बालबालिकाहरुलाई मध्यनजर गर्दै बाँकेको नेपालगन्जमा अर्टिजम फिजियोथेरापी सेन्टरको आज उद्घाटन गरिएको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ कोरियनपुरमा डा. आसिम किदुवाईको आफनै घरमा उक्त फिजियोथेरापी आज एक कार्यक्रमका बिच उहाँका पिता बरिस्ठ डा. एम. किदुवाई, बाँके क्षेत्र नं २ का संघीय सांसद डा. धवल शमशेर राणा, […]

Continue Reading

जि.भि.एन. मा.वि. नेपालगन्जका विद्यार्थीहरुद्वारा सडक सरसफाइ

नेपालगन्ज : नेपालगन्जमा रहेको ज्ञानोदय विद्या निकेतन मा.वि. मा यस कक्षा ७,८,९ र १० मा अध्ययनरत विद्यार्थीहरुले आज नेपालगन्ज उपमहानगरपालिका वडा नं ९ को सडक सरसफाइ गरेका छन् ।विद्यार्थीहरुले सामाजिक उत्तरदायी निर्वाह गर्दै विद्यालयका शिक्षकहरु सहित उपस्थित विद्यार्थीले सरसफाइ गरेका छ्न।उक्त सरसफाइ कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष, समाजसेवी एवं प्रहरी समेतको उपस्थित रहेको उक्त […]

Continue Reading

जुलुस सहित टंक धामी नेतृत्वको समावेशी प्यानलको उम्मेदवारहरुको मनोनयन दर्ता

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी  भदौ २ गते हुन लागेको  निर्वाचनका लागि समावेशी उद्योगी व्यवसायीहरुको तर्फबाट अध्यक्ष पदमा टंक बहादुर धामीको नेतृत्वमा आफ्ना उम्मेदवारहरुको मनोनयन दर्ता भएको हो । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि समावेशी  समुहको तर्फबाट टंक बहादुर धामीको  अध्यक्षतामा २१ सदस्यीय प्यानलका सबै उम्मेदवारहरुको न्युरोडको सचिवालय देखि नारा जुलुस सहित […]

Continue Reading

टंक धामीको नेतृत्वमा समावेशी प्यानलको उम्मेदवार घोषणा, हेर्नुहोस् नामावली सहित

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी  भदौ २ गते हुन लागेको  निर्वाचनका लागि समावेशी उद्योगी व्यवसायीहरुको तर्फबाट अध्यक्ष पदमा टंक बहादुर धामीको नेतृत्वमा आफ्ना उम्मेदवार घोषणा गरेको छ । आज बिहीबार नेपालगन्जको  सिद्धार्थ कटेजमा समावेशी प्यानलले उम्मेदवार घोषणा गरेको हो । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि समावेशी  समुहको तर्फबाट टंक बहादुर धामीको  अध्यक्षतामा […]

Continue Reading

उद्योग वाणिज्य संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक व्यवसायी समुहको उम्मेदवार घोषणा

नेपालगन्ज – नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी भदौ २ गते हुन लागेको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले आफ्ना उम्मेदवार घोषणा गरेको छ । आज बिहीबार नेपालगन्जको म्याजेस्टिक पार्टी प्यालेसमा साझा प्रजातान्त्रिक समुहले उम्मेदवार घोषणा गरेको हो । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि समुहको तर्फबाट अगुवा व्यवसायी ललितकुमार रौनियारको अध्यक्षतामा १९ सदस्यीय प्यानलका […]

Continue Reading