माओवादी केन्द्र बाँकेको पत्रकार सम्मेलन भ्रष्टाचारीहरुलाई सामाजिक रुपमा नङ्ग्याउने

नेपालगंज बिशेष लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : जनतासँग माओवादी केन्द्र विशेष रुपान्तरण भोलि देखि सुरु हुने ३ महिने अभियानको पुर्व सन्ध्यामा आज बाँके माओवादी केन्द्रले पत्रकार सम्मेलन गरेको छ ।

माओवादी केन्द्र सुचना प्रविधि विभागको आयोजनामा गरिएको पत्रकार भेटघाट कार्यक्रममा तीन महिने कार्ययोजना प्रस्तुत गरेको छ। उक्त कार्ययोजना महान जनयुद्धबाट प्राप्त उपलब्धिहरु धरापमा पर्दै जानू र पार्टीको मुल्य मान्यता, आदर्श हराउदै जानुले कतै आम जनसमुदायमा पार्टी प्रतिको अविश्वासको दुरी बढेको सत्यता लुकाउन नसकिने बताउदै पार्टीले तीन महिने अभियान सञ्चालन गरेको नेकपा माओवादी केन्द्र बाँकेका जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सले बताए ।

माओवादी केन्द्रले राजनीतिक बैचारिक कार्य, संगठन सम्बन्धि कार्य, संघर्ष तथा जनसम्बन्ध बारे कार्य, प्रचारात्मक कार्य, आर्थिक उत्पादन, अभियान उद्घाटन तथा समापन गरि विभिन्न कार्ययोजना प्रस्तुत गरेको छ ।

उक्त कार्ययोजनामा नोकरशाही, दलाल, भ्रष्टाचारी, मिटरब्याजी, किर्ते जालसाजीहरुलाई सामाजिक रुपमा नै नङ्ग्याउने कामलाई तिव्र गतिले गरिने उल्लेख गरिएको छ ।
सोही तीन महिने कार्यक्रम अन्तर्गत सहिद वेपत्ता परिवार, घाइते, अपांग भएका योद्धाहरुलाई सम्मान गरिने, पार्टीले गरेको कामको सुझाव संकलनको व्यवस्था गर्ने लगायतका योजनाहरु भएको पार्टीका सचिवालय सदस्य तथा अभियानका बाँके जिल्ला इन्चार्ज कुलप्रसाद केसी सोनामले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *