सर्वदलीय बैठकको निर्णय, कर्फ्युलाई क्रमश खुकुलो पार्दै लैजाने

नेपालगन्ज : नेपालगन्जमा हिजो दिउँसो १:०० बजेदेखि लगाइएको कर्फ्यु अहिलेसम्म यथावत रहिआएको मा आज जिल्ला प्रशासन कार्यलय बाँकेको आयोजनामा सर्वदलीय बैठक बसेको हो । उक्त सर्वदलीय बैठकले तीनवटा निर्णय गरेको छ । सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट सद्भाव भड्काउने, कसैको धार्मिक आच आउने गतिविधि गर्ने जोकोहीलाई पनि कानुन बमोजिम कारबाही गर्ने, शान्ति सुरक्षाको वर्तमान अवस्थाबाट […]

Continue Reading

बाँकेको नेपालगन्जमा अनिश्चितकालीन कर्फ्यु जारी

नेपालगन्ज : सामाजिक सञ्जालमा लेखिएको स्टाटसका विरुद्ध गरिएको मुस्लिम समुदायको विरोधका विरुद्ध ॐकार  समाजले आज निकालेको र्यालीले अर्को मोड लिनसक्ने भन्दै बाँके प्रशासनद्वारा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । दुई पक्षबीच झडप हुने स्थिती सिर्जना भएपछि मंगलबार दिउँसो १ बजे देखि लागू हुने गरी स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । बाँकेका  प्रमुख […]

Continue Reading

भोलि बिहान नेपालगन्जमा समाजिक सद्भाव र्यालि निकालिने, उपस्थित हुन सबैलाई आग्रह

नेपालगन्ज : नेपालगन्जमा विभिन्न धर्मका समुदाय बिच मंगलबार ´सद्भाव र्‍याली` निकालिने भएको छ । केहीदिन यता समाजिक सद्भावमा समस्या देखिन थालेपछि सो र्‍याली निकालिने भएको हो । सोमबार जिल्ला कार्यालय बाँकेमा प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले ´सद्भाव र्‍याली` आयोजना गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रवक्ता टोपेन्द्र के.सी.ले जानकारी दिनुभयो […]

Continue Reading

नेपालगन्ज उपमहानगरपालिका १२ मा माओवादी केन्द्रको भोलि स्वास्थ्य शिविर

नेपालगन्ज: नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तीन महिने घरघरमा माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत भोलि नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । नेकपा माओवादी केन्द्र वडा नं १२ कमिटीद्वारा नाक कान घाँटी र दात सम्बन्धि स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । उक्त वडामा रहेको बागेश्वरी आधारभूत विद्यालयमा […]

Continue Reading

जि.भि.एन. मा.वि. नेपालगन्जको वृहत् तीज नृत्य प्रतियोगिता सम्पन्न यी हुन विजयी

नेपालगन्ज : जि.भि.एन. मा.वि. नेपालगन्जको ‘जिभिएन डान्सिङ  एण्ड सिङगिङ क्लब’ले शुक्रवार तीज पर्वको अवसरमा नृत्य प्रतियोगिता आयोजना सम्पन्न भएको छ । उक्त प्रतियोगितामा उत्कृष्टहरुलाई नगद पुरस्कार वितरण गरिएको छ । प्रतियोगितामा नैना घिमिरे,सुदिक्षा ज्ञवाली, संगम अधिकारी दिपा डाँगी, रेवा बस्नेत, मनिषा सिग्देलको समूह प्रथम भएको छ । त्यसैगरी नविना कँडेल, सुनिता बुढाथोकी, चाँदनी ओली, अविषा […]

Continue Reading

नेपालगन्जमा दुईवटा पसलमा आगलागी हुँदा लाखौंको क्षति

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं २ बागेश्वरी  टोलमा रहेको जुत्ता चप्पलको पसलमा आगलागी हुदा लाखौं रुपैयाँको क्षति भएको छ । शुक्रबार राति विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले बताएको छ । मनिराम बटालाको हिमानी शु सेन्टर र धिरज कुमारको पुनम शु सेन्टर पसलमा जुत्ता चप्पल सम्बन्धि व्यवसाय सञ्चालनमा रहेको थियोे । […]

Continue Reading

माओवादी केन्द्र बाँकेको पत्रकार सम्मेलन भ्रष्टाचारीहरुलाई सामाजिक रुपमा नङ्ग्याउने

नेपालगन्ज : जनतासँग माओवादी केन्द्र विशेष रुपान्तरण भोलि देखि सुरु हुने ३ महिने अभियानको पुर्व सन्ध्यामा आज बाँके माओवादी केन्द्रले पत्रकार सम्मेलन गरेको छ । माओवादी केन्द्र सुचना प्रविधि विभागको आयोजनामा गरिएको पत्रकार भेटघाट कार्यक्रममा तीन महिने कार्ययोजना प्रस्तुत गरेको छ। उक्त कार्ययोजना महान जनयुद्धबाट प्राप्त उपलब्धिहरु धरापमा पर्दै जानू र पार्टीको मुल्य मान्यता, आदर्श […]

Continue Reading

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत नेपालगन्ज १२ मा वडा भेला सम्पन्न

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको जनतासँग माओवादी विशेष रुपान्तरण अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा आज वडा भेला तथा बिस्तारित बैठक सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका बाँके जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सको प्रमुख आतिथ्यमा वडा नं १२ बेलासपुरको पिपल चौतारामा उक्त कार्यक्रम भएको हो । हिजो विगतमा गरेको […]

Continue Reading

निर्वाचन अपडेट: नेपालगन्ज उद्योग वाणिज्य संघमा को को भए निर्वाचित ? हेर्नुहोस् सबैको नाम सहित

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा समावेशी प्यानलका टंक बहादुर धामी विजयी भएका छन् । अध्यक्ष पदको उम्मेदवारमा आफ्ना प्रतिस्पर्धी साझा प्रजातान्त्रिक प्यानलका ललित रौनियारलाई ८९० मतको अन्तरले हराउँदै  धामी विजयी भएका छन् ।त्यसैगरी उपाध्यक्ष पदमा उद्योग तर्फबाट चिरञ्जीवी वली, वाणिज्य तर्फबाट हरिलाल न्यौपाने, महिला उपाध्यक्ष पदमा मन्दिरा पाण्डे, महासचिव पदमा भिम […]

Continue Reading

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष पदमा समावेशी प्यानलका टंक बहादुर धामी विजयी

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको हिजो सम्पन्न भएको निर्वाचनको मतगणनाको परिमाण आउने क्रम जारी रहेको छ । अध्यक्ष पदमा समावेशी प्यानलका टंक बहादुर धामीले फराकिलो अन्तरले विजयी भएका छन् । अहिले भर्खर सम्पन्न भएको अध्यक्ष पदको उम्मेदवारमा आफ्ना प्रतिस्पर्धी साझा प्रजातान्त्रिक प्यानलका ललित रौनियारलाई ८९० मतको अन्तरले हराउँदै धामी विजयी भएका छन् । सदस्य […]

Continue Reading