अम्बे फर्निसिङ्ग गार्डेनको रङ्गोली बनाउ विजेतालाई मन्त्रा थकालीमा रात्रिकालिन भोजन

नेपालगंज बिशेष

नेपालगन्ज – नेपालगन्जमा सञ्चालनमा रहेको अम्बे फर्निसिङ्ग गार्डेनले तिहारको उपलक्ष्यमा रङ्गोली बनाइ बढी शेयर र लाइक बढाउने विजेता सहभागीलाई आज मन्त्रा थकाली होटलमा भोजन गराएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ मा सञ्चालनमा रहेको मन्त्रा थकाली होटलमा रङ्गोली प्रतियोगितामा दोस्रो स्थान आउनु भएको नैना घिमिरे सहित दुईजनालाई रात्रिकालिन भोजन गराएको छ ।

मन्त्रा थकालीका सञ्चालक सन्तोष बुढाथोकीले हाम्रो थकाली होटललाई अम्बे फर्निसिङ्गले प्रमोट गरेको हुदा र हामीले तपाईंको सेवा गर्न पाउँदा अत्यन्तै खुसी भएका छौँ उहाले विजेता घिमिरेलाई बताउनुभयो ।

उक्त प्रतियोगितामा प्रथम हुने विजेतालाई रु १० हजार बराबरको अम्बे फर्निसिङ्ग गार्डेनमा खरिद गर्न पाउने र दोस्रो हुने विजेतालाई दुईजनालाई मन्त्रा थकाली होटलमा खाना खुवाउने पूर्व घोषित सूचना अनुसार आज दोस्रो हुने विजेतालाई उक्त अवसर प्रदान गरिएको हो । उक्त होटलमा रु २ हजार ६ सय बराबरको दुईजनालाई खाना खुवाएको विजेता घिमिरेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *