नेपालगन्ज उद्योग वाणिज्य संघले पुर्व अर्थमन्त्री जनार्दन शर्मा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझायो

अर्थ / बाणिज्य नेपालगंज बिशेष

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघले पुर्व अर्थमन्त्री जनार्दन शर्मा मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।

बाँकेको नेपालगन्जमा माओवादी केन्द्रका मधेसी मुक्तिमोर्चा, मुस्लिम र थारु मुक्तिमोर्चाको भेलालाई सम्बोधन गर्न आएका शर्मालाई मौका छोपेर उद्योग वाणिज्य संघको टीमले ज्ञापनपत्र बुझाएको महासचिव भीमबहादुर रानाभाटले बताए ।
२० बुदे ज्ञापनपत्र महासंघका अध्यक्ष टंक बहादुर धामीले पढेर सुनाएपछि पुर्व अर्थमन्त्री शर्मालाई हस्तान्तरण गरिएको हो ।
नेपालगन्ज सहर नजिक रहेको जमुना भन्सार जस्तै दर्जन भन्दा बढी नाकाबाट सामानहरु तस्करी गरि ल्याउने गरेको हुदा नेपालगन्जका व्यवसायीलाई मर्का परेको, सशस्त्र द्वन्द्वको समयमा बन्द गरिएका बाँकेका साइगाउ, भनघोटना, उढरापुर, भगवानपुर, नरेनापुर, सुइयाबघौडा लगायतका छोटी भन्सार सञ्चालन गर्न उक्त ज्ञापनपत्रमा माग गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाले संम्झौता अनुसारको व्याजदर भन्दा अरु शीर्षकमा रकम काट्न नपाइने, सम्पत्ति लिलाम गरिसकेका ऋणिलाइ कालोसुचिमा राख्न नहुने लगायतका २० बुदे माग सहितको ज्ञापनपत्र नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, महिला उपाध्यक्ष मन्दिरा पाण्डे, महासचिव भीम बहादुर रानाभाट लगायतका कार्यसमिति तथा व्यापारीहरुको उपस्थिति उक्त ज्ञापनपत्र प्रधानमन्त्री पुष्पकमल दाहाललाई उपलब्ध गराइदिन र माओवादी केन्द्र पार्टीले समेत यसको लागि पहल गरिदिन आग्रह गर्दै पुर्व अर्थमन्त्री शर्मालाई बुझाइएको हो ।

ज्ञापनपत्र बुझ्दै शर्माले छिटोभन्दा छिटो प्रधानमन्त्रीलाई उक्त ज्ञापनपत्र बुझाइदिने र आफुले पनि सक्दो प्रयास गर्ने शर्माले बताए ।
हेर्नुहोस् ज्ञापनपत्र :

Leave a Reply

Your email address will not be published. Required fields are marked *