जि.भि.एन.का विद्यार्थीद्वारा खाजा खर्च कटौती गरेर आश्रममा सहयोग

नेपालगन्ज : जि.भि.एन. मा.वि. नेपालगन्जमा कक्षा ११ मा व्यवस्थापन संकाय नेपाली माध्यमबाट अध्ययन गरिरहेका विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटौती गरेर मानव सेवा आश्रममा सहयोग गरेका छन् । बिहीबार नेपालगन्जमा रहेको मानव सेवा आश्रममा उक्त विद्यालयमा व्यवस्थापन संकायमा कक्षा ११ मा नेपाली माध्यमबाट अध्ययनरत विद्यार्थीहरुले थोरै थोरै रकम संकलन गरर आश्रममा नगद ७ हजार ९ सय […]

Continue Reading

देशकै ठूलो विश्वविद्यालय त्रि.वि. को परीक्षा तालिकामा ठूलै लापरबाही

नेपालगन्ज : देशकै ठूलो मानिएको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले प्रकाशित गरेको परीक्षा तालिकामम ठूलै गल्ती भेटिएको छ । उक्त विश्वविद्यालयले रेगुलर चारवर्षे बि.बि.एस. दोस्रो सेमेष्टरको परीक्षा समय तालिकामा चैत ३१ गतेका दिन पनि परीक्षा तोकिएको छ तर चैत महिना ३० दिनको मात्र छ । पटकपटक त्रिविले यस्ता गल्ती गर्दै आइरहेको छ । नतिजा […]

Continue Reading

कलेज अफ म्यानेजमेन्टका विद्यार्थीले भने वैज्ञानिकका हातबाट शैक्षिक पुरस्कार पाउदा खुसी छौं

नेपालगन्ज : शैक्षिक क्षेत्रमा एक कदम अगाडि रहेको बाँकेको नेपालगन्जमा रहेको कलेज अफ म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीहरुले नेपालका वैज्ञानिक डा. महावीर पुनको हातबाट पुरस्कार पाउदा खुसी भएको बताएका छन् । कलेजको नयाँ विद्यार्थीहरुलाई स्वागत तथा अन्तिम वर्षका विद्यार्थीलाई विदा गरिएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष तथा नेपालका कृषि वैज्ञानिक डा. महावीर पुनलाई […]

Continue Reading

जे.एस. इङलिस बोडिङ्ग स्कुलको १३ औं वाषिर्कोत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न

बाँके : बाँकेको जानकी गाउँपालिका वडा नं ३ कोरियनपुरमा सञ्चालनमा रहेको जे.एस. इङलिस बोडिङ्ग स्कुलको १३ औं वाषिर्कोत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका नजिकै रहेको जानकी गाउँपालिका वडा नं ३ कोरियनपुरमा शनिबार विभिन्न कार्यक्रम गरेर वाषिर्कोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । विद्यालयको प्राङ्गणमा भएको उक्त कार्यक्रममा गत […]

Continue Reading

नेपालगन्ज टेक्निकल कलेजका प्रबन्ध निर्देशक किशोरकुमार पाण्डे सम्मानित

नेपालगञ्ज- प्राविधिक शिक्षाको लागि अग्रणी स्थानमा रहेको नेपालगन्ज टेक्निकल कलेजका प्रबन्ध निर्देशक तथा बाँके बागेश्वोरी क्याम्पसका प्रबन्ध निर्देशक किशोरकुमार पाण्डे सम्मानित भएका छन् । साथै नेपालगञ्ज टेक्निकल कलेजका प्रबन्ध निर्देशक समेत रहनु भएको, उहाँ लाई मधेश मानव अधिकार गृह बाँके जिल्ला अध्यक्ष दिनेश ठाकुरद्वारा बिहीबार नेपाली टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको थियोे । प्रबन्ध […]

Continue Reading

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज राजनीतिशास्त्र विभागको प्रशिक्षण तथा भेटघाट कार्यक्रम

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको एम.ए. राजनीतिशास्त्र विभागमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा प्रशिक्षण तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । बुधबार नेपालगन्जमा रहेको होटल ग्यालेक्सी दरबारमा भएको कार्यक्रममा उक्त विभागमा राजनीतिशास्त्र विषय अध्यापन गर्नुहुने विभागीय प्रमुख रुद्र प्रसाद तिमिल्सिना, अर्जुन प्रसाद पोख्रेल, मधु पौडेल लगायतले प्रशिक्षण दिनु भएको थियो । महेन्द्र बहुमुखी क्याम्पस […]

Continue Reading

नेकपा एमाले निकट भातृ संगठन अनेरास्ववियु बाँकेको अध्यक्षमा प्रकाश बि.क.

नेपालगन्ज : नेकपा एमाले निकट अनेरास्ववियु बाँकेको २०औं जिल्ला अधिबेशनबाट प्रकाश बिश्वकर्मा अध्यक्षतामा सर्वसम्मत चयन हुनुभएको  छ । सोमबार राति अबेला सम्म  भएको अधिवेशनबाट ३७ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएका  छन् । अनेरास्ववियुकाे हिजो  सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा अमृत खत्री र रोशन शाही, सचिवमा बिनय यादब , सह सचिवमा सिर्जना मल्ल, सर्जन आचार्य, कृष्ण चन्द […]

Continue Reading

मंगल प्रसाद मा.वि. मा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरु द्वारा होटल सिर्द्धार्थ भिजिट

नेपालगन्ज :   शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयहरु मध्ये आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं ८ मा  रहेको मंगल प्रसाद मा.वि. नेपालगन्जमा कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुद्वारा होटल सिर्द्धार्थ हस्पिटालिटीमा भिजिट गरेका छन् । शनिवार सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुदलाई होटल म्यानेजमेन्ट विषयको  प्राटिक्कल गर्नको लागि […]

Continue Reading

सोफिया स्कुलले १७ औं खेलकुद दिवस विभिन्न कार्यक्रम गरि मनायो

नेपालगन्ज – शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको बाँकेको नेपालगन्जमा संचालित सोफिया रेजिडेन्सियल स्कुलले शुक्रवार १७औं खेलकुद दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । आफ्नै विद्यालयको प्राङ्गणमा सम्पन्न भएको सो कार्यक्रममा विभिन्न विधामा खेलाइएका खेलकुद प्रतियोगिताका बिजेतालाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा विजेता बनेका विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि […]

Continue Reading

सरस्वती पूजाको दिन जि.भि.एन. मा नयाँ विद्यार्थी भर्ना संगै पुरस्कार वितरण कार्यक्रम

नेपालगन्ज : शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं ९ बाँके गाउँमा रहेको जि.भि.एन. मा.वि. मा सरस्वती पूजाको शुभ अवसरमा नर्सरी कक्षामा ७० जना नयाँ विद्यार्थी भर्ना भएका छन् । पछिल्लो समयमा नेपालगन्ज शहरमा उक विद्यालय विद्यार्थी तथा अभिभावकहरुको रोजाइमा पर्ने गरेको छ । शान्त वातावरणमा दक्ष, अनुभवी शिक्षक […]

Continue Reading