नेपालगन्ज : नेकपा एमाले निकट अनेरास्ववियु बाँकेको २०औं जिल्ला अधिबेशनबाट प्रकाश बिश्वकर्मा अध्यक्षतामा सर्वसम्मत चयन हुनुभएको छ । सोमबार राति अबेला सम्म भएको अधिवेशनबाट ३७ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएका छन् ।
अनेरास्ववियुकाे हिजो सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा अमृत खत्री र रोशन शाही, सचिवमा बिनय यादब , सह सचिवमा सिर्जना मल्ल, सर्जन आचार्य, कृष्ण चन्द र केशर शाही र कोषाध्यक्ष बर्सा मल्ल , सदस्यहरुमा छत्र सुनार, दिपक रेग्मी, इन्दु खड्का लगायतका चयन हुनु भएको छ।
अनेरास्ववियु बाँकेका तत्कालीन जिल्ला कमिटी अध्यक्ष दिनेश केसी केन्द्रीय कमिटीमा निर्वाचित भएपछि करिब एक वर्षसम्म आयाेजक कमिटीको जिल्ला संयाेजक भएर नवनिर्वाचित अध्यक्ष विश्वकर्माले संगठनकाे नेतृत्व सम्हाल्दै आउनु भएको थियो । करिब २ दशक बाँके जिल्लामा विद्यार्थी राजनीतिमा क्रियाशील विश्वकर्मा विद्यार्थी संगठनकाे नेतृत्वकर्ताकाे रूपमा परिचित हुनु हुन्छ ।
करिब एक वर्षमा संयाेजककाे भुमिका रहेर जिम्मेवारी निर्वाह गरेको अनुभव र विगतको साँगठनिक अनुभवले अब बाँके जिल्लामा विद्यार्थीहका हकहित, अधिकारी र सामाजिक परिवर्तन आफुले संगठनकाे विधि परिधिभित्र रहेर काम गर्ने उहाँले बताउनुभयो ।
