नेकपा माओवादी केन्द्र वडा नं १८ ले सार्वजनिक गर्यो चुनावी प्रतिवद्दता

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रका तर्फबाट नेपालगंज उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष पदका उम्मेदवार परमेश्वर डिसीले चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । आज गरिएको एक कार्यक्रममा डिसीले प्रतिवद्धता पत्र सार्वजनिक गर्दै भौतिक पुर्वाधार, सेवा प्रवाह र शुसासन, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, खेलकुद, कृषि , उद्योग र व्यापार, पर्यटन तथा […]

Continue Reading

जानकीलाई फुसको छाना रहित पालिका बनाउने छु – हिमान्शु यादव

नेपालगन्ज : नेकपा एमाले जानकीका अध्यक्षका उम्मेदवार हिमान्शु यादवले जानकी गाउँपालिकालाई फुसको छानो रहित बनाउने बताएका छन् । निर्वाचनमा आफुले जिते संगै आफुले पाउने सम्पुर्ण सेवासुबिधा र पालिकाको विशेष योजना अन्तरगत पालिकालाई फुसको छानो रहित बनाउने बताएका हुन् । युवा नेता यादवले पालिकामा रहेका गरिब, असहायहरुले आफ्नो छानो फेर्न नसकेको अवस्था रहेकाले त्यस्ता परिवारको फुसको […]

Continue Reading

नेपालगन्जमा रहेको नर्वदेश्वर महादेव मन्दिरको पाँचौ  वार्षिकोत्सब धुमधामका साथ मनाइदै

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा रहेको नर्वदेश्वर मन्दिरको पाँचौ वार्षिकोत्सब धुमधामका साथ मनाइदै छ । पाँच वर्ष अगाडि सहयोगी दाताहरुको आर्थिक सहयोगमा  निर्माण गरिएको उक्त मन्दिरमा चाडपर्वमा भक्तजनको भिडभाड हुने गरेको उक्त मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्याम कुमार शर्माले बताउनुभयो । उक्त मन्दिरको हाता भित्र बिबाह, पार्टी, बर्तमन लगायतका सामाजिक कार्य गर्नका […]

Continue Reading

माओवादी केन्द्र र नेकपा एसको गठबन्धनमा बैजनाथको उपाध्यक्षमा  एसका  टंकर नाथ योगीले गरे मनोनयन दर्ता

नेपालगन्ज : सत्ता साझेदार दल नेकपा एकीकृत समाजबादी र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट बैजनाथको उपाध्यक्ष पदमा नेकपा एसका टंकर नाथ योगी गरे उम्मेदवारी  मनोनयन दर्ता गराएका छन् । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी र नेकपा माओवादी केन्द्र बिच भएको गठबन्धनबाट योगीले बैजनाथ गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । नेकपा(एस) बैजानाथ गाउँपालिका कमिटीका इन्चार्ज […]

Continue Reading

सुर्खेत जिल्ला मै कम उमेरका गाउँपालिका अध्यक्षमा भण्डारीको उम्मेदवारी, को हुन भण्डारी ?

सुर्खेत: आसन्न बैशाख ३० गतेको स्थानीय चुनावमा सुर्खेत जिल्ला मै कम उमेरका गाउँपमलिका अध्यक्षमा भिम भण्डारीले उम्मेदवारी दर्ता गराएका छन्  ।भण्डारी २०४५ साल असार १८ गते साविक तरंगा गाविस वडा नम्बर ४ मा जन्मिएका उनलाई  बाल्यकाल देखि नै धेरै संघर्ष गर्न पर्यो । बुवा गोकर्ण भण्डारी र आमा तप्तकला भण्डारीका जेठा सन्तान भण्डारी सानै उमेरदेखि समाजसेवामा […]

Continue Reading

नेपालगन्ज उपमहानगरपालिकामा स्वतन्त्र रुपमा मेयरमा धामी र उप मेयरमा रोकायको मनोनयन दर्ता

नेपालगन्ज : आसन्न बैशाख ३० गतेको स्थानीय चुनाबका लागि नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदका लागि टंक धामी र उप मेयर पदका लागि तारा कुमारी रोकायको उम्मेदवार मनोनयन भएको छ ।सत्ता गठबन्धन दलको केन्द्रको निर्णय अनुसार आफ्नो भागमा अर्थात नेकपा माओवादी केन्द्रको भागमा नेपालगन्ज उपमहानगरपालिका मा मेयर र उप मेयर कुनै पनि नपरेपछि स्वतन्त्र रुपमा आफुहरुले उम्मेदवार […]

Continue Reading

नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ बाट शर्माद्वारा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दर्ता

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा लामो समयदेखि सक्रिय रहनु भएको महिला नेतृ कल्पना शर्माद्वारा नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ बाट स्वतन्त्र रुपमा वडा अध्यक्षमा उम्मेदवारी दर्ता गर्नु भएको छ ।आफुलाई २०७४ सालको स्थानीय चुनावमा पनि अर्को पटक टिकट दिने भनेर बसालिएको थियो, यसपालि पनि कुनै छलफल नगरी अर्को व्यक्तिलाई पार्टीले टिकट दिएको तर […]

Continue Reading

नेपालगन्ज वडा नं १२ का कांग्रेसका वडा अध्यक्ष सुवेदी जसपामा प्रवेश

नेपालगन्ज : लामो समयसम्म नेपाली कांग्रेसमा काम गरेका वडा नं १२ का निर्वाचित वडा अध्यक्ष बुद्धि सागर सुवेदी नेपाली कांग्रेसले स्थानीय चुनावमा टिकट नदिने भएपछि जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । पूर्व शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राइले उहाँलाई पार्टी प्रवेश गराउनु भएको हो । उहाँले भोलि जसपाबाट वडा नं १२ मा वडा अध्यक्षका […]

Continue Reading

खजुरा गाउँपालिका मा  नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस बिच चुनावी तालमेल

बाँके : बाँकेको खजुरा गाउँपालिका मा आसन्न स्थानीय चुनाव लाई लिएर  नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस बिच चुनावी तालमेलको घोषणा गरिएको छ । आज दुबै पार्टीको संयुक्त बैठक पश्चात्  उक्त घोषणा गरिएको हो ।  पालिकाको प्रमुखमा माओवादी केन्द्रबाट डम्बरबहादुर बि- क- तुफान  र उप प्रमुखमा नेपाली कांग्रेसकि मन्जु मल्ल चुनावमा मिलेर जाने सहमति भएको […]

Continue Reading

कोहलपुर नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एसबिच चुनावी तालमेल

बाँके : बाँकेको कोहलपुर नगरपालिकामा आसन्न स्थानीय चुनाव लाई लिएर  नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बिच चुनावी तालमेलको घोषणा गरिएको छ । आज दुबै पार्टीको संयुक्त आयोजनामा गरिएको पत्रकार सम्मेलनमा उक्त घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा कोहलपुर नगरको मेयरमा माओवादी केन्द्र र उप मेयरमा एकीकृत समाजवादीको भागमा परेको छ । त्यसैगरी  माओवादी […]

Continue Reading