नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ मा रहेको नर्वदेश्वर मन्दिरको पाँचौ वार्षिकोत्सब धुमधामका साथ मनाइदै छ ।

पाँच वर्ष अगाडि सहयोगी दाताहरुको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त मन्दिरमा चाडपर्वमा भक्तजनको भिडभाड हुने गरेको उक्त मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्याम कुमार शर्माले बताउनुभयो ।


उक्त मन्दिरको हाता भित्र बिबाह, पार्टी, बर्तमन लगायतका सामाजिक कार्य गर्नका लागि किचन, बाथरुम सहितको हल पनि निर्माण गरिएको छ । प्रत्येक दिन मन्दिरमा पुजारी सुदिप पण्डितले पुजाअाजा गर्ने गरेको विश्व हिन्दु महासंघ बाँकेका अध्यक्ष भिम प्रसाद सापकोटाले बताउनुभयो ।

वार्षिकोत्सबको दिन दिनभर मन्दिर परिसरमा भजन कार्यक्रम र भक्तजनहरुलाई भण्डारा गरि खुवाएको मन्दिर व्यवस्थापन समितिका सचिव झबिन्द्र पौडेलले बताउनुभयो ।
उक्त मन्दिरमा मन्दिर व्यवस्थापन समितिको तर्फबाट महिला समिति गठन गरि पुजाअाजामा सक्रिय रहेको अध्यक्ष शर्माले बताउनुभयो ।
