नेपालगन्ज : लामो समयसम्म नेपाली कांग्रेसमा काम गरेका वडा नं १२ का निर्वाचित वडा अध्यक्ष बुद्धि सागर सुवेदी नेपाली कांग्रेसले स्थानीय चुनावमा टिकट नदिने भएपछि जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
पूर्व शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राइले उहाँलाई पार्टी प्रवेश गराउनु भएको हो । उहाँले भोलि जसपाबाट वडा नं १२ मा वडा अध्यक्षका लागि निर्वाचन आयोगमा नाम दर्ता गराउने कार्यक्रम रहेको जसपाका एक नेताले नागरिक पथलाई बताए ।

