माओवादी केन्द्र र नेकपा एसको गठबन्धनमा बैजनाथको उपाध्यक्षमा  एसका  टंकर नाथ योगीले गरे मनोनयन दर्ता

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह


नेपालगन्ज : सत्ता साझेदार दल नेकपा एकीकृत समाजबादी र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट बैजनाथको उपाध्यक्ष पदमा नेकपा एसका टंकर नाथ योगी गरे उम्मेदवारी  मनोनयन दर्ता गराएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी र नेकपा माओवादी केन्द्र बिच भएको गठबन्धनबाट योगीले बैजनाथ गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

नेकपा(एस) बैजानाथ गाउँपालिका कमिटीका इन्चार्ज समेत रहेका योगी गठबन्धनबाट जित निकाल्न सक्ने हैसियत राख्ने नेताको रुपमा बैजनाथमा हेरिएको छ ।

उता गठबन्धनबाट अध्यक्षको भाग पाएको नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा दिपेन्द्र शाहले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

बैजनाथ गाउँपालिकामा नेकपा माओवादी र एकीकृत समाजबादीको उपस्थिति राम्रो रहेको बताइदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *