नेकपा माओवादी केन्द्र वडा नं १८ ले सार्वजनिक गर्यो चुनावी प्रतिवद्दता

नेपालगंज बिशेष स्थानीय तह

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रका तर्फबाट नेपालगंज उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष पदका उम्मेदवार परमेश्वर डिसीले चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।

आज गरिएको एक कार्यक्रममा डिसीले प्रतिवद्धता पत्र सार्वजनिक गर्दै भौतिक पुर्वाधार, सेवा प्रवाह र शुसासन, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, खेलकुद, कृषि , उद्योग र व्यापार, पर्यटन तथा संस्कृतिको विकास गर्ने उद्देश्यले आफूले उम्मेदवारी दिएको बताउनु भयो ।

नेपालगंज उपमहानगरपालिका १८ का स्थायी बासीन्दाका लागि स्वास्थ्य, शिक्षाजस्ता आधारभुत सेवहरु वडाबाटै प्रवाह गर्ने बताउदै उहाँले २४ बुँदे चुनावी प्रतिबद्धता पत्र सार्वजानिक गर्नु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सहसचिव अक्कल बहादुर बम, बाँकेका सचिव अमिर केसीले जनताको बिच गरिने चुनाबी प्रतिबद्धता घोषणा पत्रले माओबादीको जित सुनिश्चित भएको बताउनु भयो ।

प्रतिबद्धता पत्र सार्वजानिक कार्यक्रमलाई सम्बोधन गर्दै माओबादी केन्द्र कि नेतृ मिना मल्ल पुनले देशमा गणतन्त्र र संबिधान निर्माणका लागि मुख्य योगदान दिने माओबादी केन्द्र रहेको दावी गर्दै उनले देश विकासमा सबै भन्दा बढी योगदान दिने पार्टी माओबादी केन्द्रलाई जिताउनु पर्ने बताउनु भयो ।

अध्यक्ष पदका उम्मेदवार डिसीले वडा नं. १८ को समग्र विकासक लागि माओबादी केन्द्रलाई अवसर दिनु पर्ने धारणा राख्नु भएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य नवीन शर्मा, व्यापार संगठनका जिल्ला अध्यक्ष तेज रेग्मी, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सचिव तुल्सीमणि केसी, महिला नेतृ जया खड्का लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *