मानवता नेपाल बाँकेद्वारा माक्स बैंकमा १५०० थान माक्स सहयोग

नेपालगन्ज : कोभिड महामारीको भयावह वर्तमान अवस्थामा गैरसरकारी संस्था मानवता नेपाल बाँकेको टिमले बासद्वारा सञ्चालित  मास्क बैंकलाई १ हजार ५ सय थान सर्जिकल मास्क सहयोग गरेको छ । मानवता नेपालका कार्य समितिका सदस्यहरुको सहयोगमा माक्स बैंकलाई सहयोग गरेको संस्थाकि अध्यक्ष अम्बिका काफ्लेले बताउनुभयो । २०७७ चैत महिनामा स्थापना भएको उक्त  संस्थाले विभिन्न सामाजिक कार्य गर्दै […]

Continue Reading

होलस्टिक होम केयरद्वारा माक्स बैंकमा १००० थान माक्स सहयोग

नेपालगन्ज : कोभिड महामारीको भयावह अवस्थामा घर-घर गएर स्वास्थ्य सेवा दिने होलस्टिक होम केयर सेन्टर नेपालगन्ज टिमले मास्क बैंकलाई १ हजार थान सर्जिकल मास्क सहयोग गरेको छ । २०७७ फाल्गुण १५ गते स्थापना भएको उक्त  सेन्टरले होम आईसोलेसनमा रहेका २ हजार बढी बिरामीहरुलाई घरमै गएर स्वास्थ्य सेवा प्रवाह गरेको सेन्टरकी सचिव सुमन गिरीले बताउनुभयो । […]

Continue Reading

तयारी पूरा नहुँदा स्वास्थ्य बीमा कार्यक्रम शुरु हुन सकेन

खिम प्रसाद घिमिरे नेपालगंज: स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक तयारी पूरा हुन नसक्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा स्वास्थ्य बीमा कार्यक्रम शुरु हुनसकेको छैन । चैत मसान्तसम्ममा स्वास्थ्य बीमा गरेकाहरुले सेवा लिने अवधि जेठ १ गतेबाट शुरु भएको छ । तर स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालय गण्डकी प्रदेशले नवलपुरमा स्वास्थ्य बीमा कार्यान्वयनका लागि छनोट भएका […]

Continue Reading

भृकुटी नगर टोल विकास समितिद्वारा भेरी अस्पतालमा सञ्चालित अन्जनी रसोईलाई रु १ लाख ११ हजार सहयोग

नेपालगन्ज : भेरी प्रादेशिक अस्पताल नेपालगन्जमा कोरोना महामारीको दोस्रो लहरबाट संक्रमित भइ उपचार गराइरहेका बिरामी र तिनीहरुका कुरुवाहरुलाई विहान वेलुकाको खानाको व्यवस्थापन गरिरहेको अंजनी माता रसोईलाई भृकुटी नगर टोल विकास समितिको तर्फवाट टोलवासीले रू १११०००/- एक लाख एघार हजार नगद सहयोग उपलब्ध गराएको छ । उक्त रकम भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र […]

Continue Reading

कोरोना संक्रमित लगायत जुनसुकै तहका बिरामीलाई घरमै सेवागर्नु परे होलस्टिक होम केयरलाई सम्झनुहोस् : सञ्चालक गिरी

गणेश पौडेल नेपालगन्ज : कोरोना महामारीको दोस्रो लहरले अहिले बाँके जिल्लामा भयावह स्थिति भएको छ । अस्पतालमा बेड अभाब भएर बिरामीहरु घरमै उपचार गर्न वाध्य भएका छन् । यस्तो परिस्थितिमा नेपालगन्जमा सञ्चालनमा रहेको होलस्टिक होम केयरले चिकित्सकसंग सल्लाह गरि घरमै गएर जुनसुकै किसिमका बिरामीहरुको सेवा दिदै आइरहेको उक्त संस्थाकि सञ्चालिका सुमन गिरीले बताउनुभयो । होम […]

Continue Reading

बाँकेमा कोरोनाका कारण पूर्व संविधान सभा सदस्यको मृत्यु

नेपालगन्ज : पछिल्लो समयमा बाँकेमा कोरोना संक्रमितको सङ्ख्या वृद्धि संगसंगै मृत्युुदर पनि बढेको छ । आज बाँकेमा पूर्व संविधानसभा सदस्य मोहुउद्दिन सिद्दिकीको उपचारका क्रममा मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि केहि दिनदेखि भेरी अस्पतालको भेन्टिलेटरमा रहेर उपचाररत  नेपालगञ्जकी पूर्व संबिधान सभा सदस्य तथा मुश्लिम समुदायबाट उठेकी सामाजिक तथा राजनीतिक क्षेत्रकी शसक्त व्यक्तित्व रहेकी थिइन् […]

Continue Reading

अक्सिजन अभाव हुन नदिन पत्रकार तथा कानुनका विद्यार्थी अजिजले दिए अस्पताललाई १० हजार

नेपालगन्ज – भेरी प्रादेशिक अस्पतालमा भर्ना भएका कोरोना संक्रमित बिरामीहरुलाई अक्सिजन अभाव हुन नदिनका लागि नागरिक स्तरबाट सहयोग अभियान सुरु गरिएको छ। युथ टुडेका संवाददाता सामाजिक कार्यमा अग्रपन्तीमा रहेर काम गर्दै आउनु भएका अजिज अहमद हल्वाईले भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताललाई अक्सिजन खरिदका लागि रु दश हजार आर्थिक सहयोग गर्नु भएको छ । […]

Continue Reading