नेपालगन्ज : नेपाल औषधि व्यवसायी संघ बाँकेले आफ्नो ४८ औं स्थापना दिवसको उपलक्ष्यमा गरिएको रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन् ।
कोरोनाका कारण रगतको अभाव भइरहेको अवस्थामा संघले स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेकोमा उक्त कार्यक्रममा ४८ जनाले रक्तदान गर्नु भएको शाखा महासचिव जीवन शर्माले जानकारी दिनु भएको थियोे ।

संघका केन्द्रिय सदस्य कृष्ण रोकायको प्रमुख आतिथ्य तथा प्रदेश वरिष्ठ उपाध्यक्ष अभय बस्नेत आतिथ्यमा सन्चालन भएको कार्यक्रममा बाँके शाखा अध्यक्ष बसन्त शर्माले सम्पुर्ण रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गर्दै धन्यवाद दिनुभएको थियो । यसैगरी संघले भोलि असार १० गते विचार गोष्ठी गरि स्थापना दिवस मनाइने बताएको छ ।

