समाजसेवी न्यौपानेद्वारा स्वास्थ्य चौकिमा ह्विलचियर हस्तान्तरण:

स्वास्थ्य/ खेलकुद


कालिकोट : कर्णाली प्रदेशको विकट जिल्ला कालिकोटको झनै विकट मानिने पलाता- २ मा रहेको स्वास्थ्य चौकीमा सुत्केरी र अन्य जटिल बिरामीहरुको सहजता होस भन्ने उद्देश्यले स्वास्थ्य संस्था संन्चालन तथा व्यवस्थापन समितिको बैठक भैरहेको  अवसर पारि स्थानीय बासिन्दा युवा समाजसेवी जगत न्यौपानेले ह्विलचियर स्वास्थ्य संस्थाका ईन्चार्ज मार्फत हस्तान्तरण गरेका छन।

पलाता गापा उपाध्यक्ष दाना न्यौपाने, वडा नं -२-का वडा अध्यक्ष विद्दि कामी, साथै हेपो इन्चार्ज बिनोद कुमार न्यौपाने र अन्य स्वास्थ्यकर्मीको उपस्थितिमा ह्विलचियर युवा समाजसेवि जगत न्यौपानेले हस्तान्तरण गरिएको थियोे ।

सोहि हस्तान्तरण कार्यक्रममा उपस्थित पलाता गा-पा उपाध्यक्ष दाना न्यौपानेले स्वास्थ्य अवस्थाको ध्यान राखि  ह्विलचियरको आवस्यकता महशुस गरि स्थानीय युवा समाजसेवी जगत न्यौपानेको कार्य अति सराहनीय रहेको छ। त्यसै गरि स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका वडा अध्यक्ष विद्दि कामि ले पनि यो कार्य अत्यन्तै सहयोगी भावना उत्पेरत रहेको र युवा वर्गको प्रतिनिधित्व गर्ने एक कुशल समाजसेवीले अरु युवालाई पनि यस्तो कार्य गर्न उदाहरणिय हौसला प्रदान गरेको छ भन्नु भयो।

विगत ३-४ बर्ष सम्म पलाता गापामा स्वास्थ्य सह संयोजक र पलाता अस्पाताल निमित्त प्रमुख को जिम्मेवारी समालि सक्नु भएका हाल स्वास्थ्य संस्था प्रमुख विनोद कुमार न्यौपानेले भन्नुभयो-युवा समाजसेवी न्यौपाने जि ले ह्विलचियर हस्तान्तरण गरेको कार्यले  वडा नं ०२ सरकार को पनि ध्यानाकर्षण गर्नु  को साथ साथै अन्य युवावर्गमा पनि सहयोगि भावनाको विकास गराएको छ।

उहाँले जुन उद्देश्यले ह्विलचियर हस्तान्तरण गर्नु भएको छ त्यो उद्देश्यलाई सेलाउन नदिने तरिकाले हामी स्वास्थ्य संस्थामा रहेका सम्पूर्ण कर्मचारीहरू प्रतिबद्धता रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *