भेरी अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा जसगढ
नेपालगन्ज – भेरी अस्पताल नेपालगन्जको व्यवस्थापन समितिको अध्यक्षमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सकिल अहमद जसगढलाई नियुक्ति गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्री स्तरको मिति २०७९ असोज ६ गतेको बैठकको निर्णयले उहाँलाई ३ वर्षको कार्यकालका लागि नियुक्त गरिएको पत्रमा उल्लेख गरिएको छ । जसगढ नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ निवासी रहेका छन् ।
Continue Reading