नेपालगन्ज : विश्व हिन्दू महासंघ बाँकेको जिल्ला अधिवेशनबाट बुद्धिसागर सुवेदीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति निर्वाचित भएको छ। शनिबार सम्पन्न भएको तेस्रो जिल्ला अधिवेशनबाट १६ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन गरिएको हो।
त्यसैगरी निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कल्पना रेग्मी घिमिरे चयन हुनुभएको छ। त्यसैगरी उपाध्यक्ष पदमा नन्द किशोर मिश्र, गोविन्द प्रसाद घिमिरे र श्रीधर शर्मा आचार्य निर्वाचित हुनुभएको छ।

त्यसैगरी कार्यसमितिको सचिवमा हरिबाबु घिमिरे तथा सह–सचिवहरूमा शमशेर चन्द, दीपक कुमार पौडेल, चिन्तामणि पोखरेल र विष्णु सुवेदी चयन हुनुभएको छ। कोषाध्यक्षको जिम्मेवारी श्याम सुन्दर अधिकारीले पाउनुभएको छ।
त्यस्तै, कार्यसमितिको सदस्यहरूमा सीता कुमारी पाठक, होमनाथ सुवेदी, बुद्धिराज बर्तौला, लक्ष्मण भुषाल र शान्तिदेवी सुवेदी घिमिरे निर्वाचित हुनुभएको छ। कार्यक्रममा धार्मिक गुरु श्रीनिवासाचार्य, बागेश्वरी मन्दिरका धर्मगुरु सहितका धर्मगुरुहरुको उपस्थिति रहेको थियो । अरु थप सदस्यहरु पछि मनोनीत गर्ने नवनिर्वाचित अध्यक्ष सुवेदीले बताउनुभयो ।
