बेलभारमा निःशुल्क आँखा शिविर सम्पन्न

लुम्बिनी प्रदेश बिशेष स्वास्थ्य/ खेलकुद


सकिल अहमद राई
बाँकेको जानकी गाउँपालिकाको वडा नम्बर २ बेलभारमा मंसिर २३ गतेका दिन  एक दिने आँखा शिविर शुक्रबार सम्पन्न भएको छ ।

फत्तेबाल आँखा अस्पताल नेपालगन्जको आयोजना तथा जानकी गाउँपालिका वडा नं. २ स्वास्थ्य चौकीको सहकार्यमा संयुक्त तत्वधानमा सो शिविर सम्पन्न भएको हो ।
शिविरमा जम्मा ३ सय ७० जना आँखाका रोगीले आँखा जाँच गराएका थिए । जस मध्ये ८० जनामा मोतिया बिन्दु फेला परेका छन् ।
मोतिया बिन्दुका बिरामीहरुलाई सहुलियत दरमा अस्पताल मै गई अपरेसन गर्ने केन्द्रका कार्यक्रम संयोजकले जानकारी दिएका छन् । वडाध्यक्ष गुप्ताका अनुसार वडावासीहरूकाे स्वास्थ्य सेवाका लागि अगामी दिनमा यस वडा कार्यालयबाट थप स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै जेष्ठ नागरिकहरूकाे लागि विशेष स्वास्थ्य याेजना ल्याईने बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *