भुकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री सहितको टीम

मुख्य खबर

नेपालगन्ज – गएराति जाजरकोट केन्द्र बिन्दु बनाएर गएको भुकम्पबाट धेरै धनजनको क्षति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल मेडिकल टीम सहित प्रभावित क्षेत्रमा जान लाग्नुभएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट १६ जना चिकित्सक सहितको टिम लगेर प्रधानमन्त्री उक्त क्षेत्रमा जान लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्रीले प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा सबैलाई सहयोग र उद्दार कार्यमा जोडिन पनि अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *