रामेछापमा वनभोज खाने क्रममा सर्केर एक जनाको मृत्यु भएको छ । जिल्लाको रामेछाप नगरपालिकाका प्रमुख स्वकीय सचिवको खाना खाने क्रममा सर्केर एकजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापका डा. केशव श्रेष्ठले जानकारी दिएका छन । रामेछाप नगरपालिकाका कर्मचारीहरुले सोही पालिकाको–७ मा पर्ने ताराखस्यो पोखरीमा शनिबार वनभोज खान गएका थिए ।

खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो । निरन्तर आएको खोकीका कारण श्रेष्ठ शिथिल हुँदै गएपछि उनलाई जिल्ला अस्पताल पुर्याइएको थियो ।
सिकिस्त भएका श्रेष्ठलााई थप उपचारका लागि काठमाण्डौं पठाउन हेलिकप्टर झिकाउने प्रयास भइरहँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सो घटनापछि रामेछाप नगरपालिकाका प्रवक्ता एवं ७ नं का वडा वडाअध्यक्ष समीर कार्की पनि बेहोस भएका थिए । उनको भने जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
