नेपालगन्ज उपमहानगरपालिका मतदान केन्द्रमा सम्पूर्ण तयारी पूरा ५ वटा मतदान स्थल रहने

नेपालगंज बिशेष लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

नेपालगन्ज : प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन २१ गते हुन लागेको निर्वाचनको लागि बाँके क्षेत्र नं २ अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका मतदान केन्द्रमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

जम्मा ५ वटा मतदान स्थल रहेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को मतदान केन्द्रमा बुधबार साँझ नै मतदान पेटी समेत राखेर मतदान स्थलमा घेराउ गरिएको मतदान अधिकृत सुनिता शर्माले बताउनुभयो ।

उक्त मतदान केन्द्रमा पाँच वटा मतदान स्थल रहेकोमा जस अन्तर्गत मतदान स्थल क मा सुनिता शर्मा, ख मा मोहन घर्ती, ग मा प्रशान्त प‍ोखरेल, घ मा अशोककुमार पाण्डे र ङ मा लबजङग थापा रहनु भएको छ ।

मतदान स्थलमा मतदाता क्रम संख्या  ०१ देखि ८४०, ख मा ८४१ देखि १७०८,  ग मा १७०९ देखि २५७६, घ मा २५७७ देखि ३४४४ र ङ मतदान स्थलमा ३४४५ देखि ४३३६ सम्म रहेको मतदान अधिकृत प्रशान्त पोखरेलले बताउनुभयो ।

निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने बताएको छ । निर्वाचन स्वच्छ, भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सरकारले निर्वाचन प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई परिचालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *