समाज कल्याण सहकारी संस्था लि.को अध्यक्षमा–राजेन्द्र वि.सी. चयन

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह

पहल केसी
समाज कल्याण बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा राजेन्द्र बहादुर वि.सी.लाई चयन गरिएको छ । शनिबार संस्थाको २१ औं वार्षिक साधारण सभाको बहुमतबाट वि.सी.लाई आगामी १ वर्ष कार्यकालको लागि अध्यक्ष पदमा चयन गरिएको हो । सहकारीका निर्वमान अध्यक्ष बसन्त कुमार जोशीले आफ्‌नो घरायसी कामले सहकारीमा समय दिन नसक्दा १ कार्यकाल सकिन अगावै अध्यक्ष पदबाट राजिनामा दिनु भएको थियो । आफु कामको शिलशिलामा जिल्ला बाहिर जानुपर्ने कारण बताउदै निवर्तमान अध्यक्ष जोशीले पदबाट राजिनामा दिनु भएको हो । उहा“को राजिनामा साधारण सभामा पेश गरिएको थियो ।
सभामा नया“ समितिको पदाधिकारीहरु प्रस्तुत गरिएपछि बहुमतले    चयन गरिएको थियो । उपाध्यक्षमा अयोध्या प्रसाद पासी, सचिवमा राज कुमार कहार, सहसचिवमा देवान्त थापा क्षेत्री र कोषाध्यक्षमा उमानाथ तिवारीलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा मिठ्ठु श्रेष्ठ, विनय शम्सेर राणा, विरेन्द्र बहादुर आरसी, प्रेम बहादुर वली, पुजन कुमार न्यौपाने र पंकज कुमार श्रेष्ठलाई सर्वसम्मत चयन गरिएको छ ।
सहकारीको अधिवेशन साधारण सभा नभए पनि कार्यकाल सकिन एक वर्ष अगावै  संचालक समिति परिवर्तन भएको हो । लेखासमिति संयोजकमा जोग बहादुर कुवर र सदस्यहरुमा  विनिता आरसी र गोविन्द मान श्रेष्ठ चयन हुनु भएको छ । राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्माचारीहरु शेयर सदस्य रही बचत तथा ऋण र विभिन्न सेवा मुलक कार्य गर्दै आएको यो सहकारी नेपालगञ्ज ६ फुल्टेक्रामा अवस्थित छ । 
साधारण सभामा बोल्दै सभाका प्रमुख अथिति तथा नेपालगञ्ज  उपमहानगरपालिका वडा नं. ९ का  वडा अध्यक्ष गोविन्द्र रेग्मीले सहकार िसहकारी आपसी सहकार्यमा चल्ने भएको हुँदा साना साना बचतहरुलाई संकलन गरी आफ्‌नै शेयर सदस्यहरुलाई आर्थिक सहायत दिंदै आएकोले सबैं मिलेर लाग्नु पर्ने बताउनु भयो । निवर्तमान अध्यक्ष जोशीले प्रस्तुत गरेको वर्षिक प्रगति प्रतिवेदन अनुसार गत आ.व. २०८१/०८२ मा रु १ करोड ३६ लाख ४५ हजार १ सयष् ६५ रुपैया ४२ पैसा कल बचत संकलन गरेको छ । आम्दानी खर्च बाडफाड गर्दा  गत आ.व.मा रु १ लाख ३७ हजार एक सय ९४ रुपैया ७ पैसा घाटामा रहेको देखिएको छ । संस्थामा यो रकम घाटा हुनुमा विभिन्न कारण सहित प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *