बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिका वडा नं ६ मैनापोखर स्थित इलाका प्रहरी कार्यालय गेट अगाडि इन्ट्रि पोष्ट नजिकैबाट लागू औषध सहित दुईजना व्यक्ति पक्राउ परेका छन् ।
सोमबार दिउँसो बढैयाताल गा.पा.६ मैनापोखर स्थित प्रहरी कार्यालयको गेट अगाडि इन्ट्रि पोष्टमा प्र.नि. राजेश तेलीको कमाण्डमा खटिएको प्रहरी टोलीले गुलरियाबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ४२४७ नम्बरको फोर्स गाडि लाई गोप्य सुचनाको आधारमा चेकजाँच गर्दा उक्त गाडिमा सवार जि. बर्दिया मधुबन नगरपालिका वडा नं. ८ गाँउ नं. १ बस्ने बर्ष अं. २५ को माधब चन्द र ऐ.ऐ. बस्ने बर्ष अं. २४ को अर्जुन कुंवर समेतको शरिर चेकजाँच गर्ने क्रममा निज माधब चन्दले मुखमा राखि ल्याएको रातो प्लाष्टिकमा हरियो रङको धागोले बाँधिएको १ पुरिया भुइमा फालेको र उक्त पुडियालाई हेर्दा सो पुडिया भित्र सेतो प्लाष्टिकमा खैरो रङको धागोले बेरी बाँधेको १ पुडिया र कालो प्लाष्टिकमा निलो धागोले बेरी बाँधेको १ पुडिया गरी जम्मा २ पुरीया फेलापारी प्लाष्टिक सहित ( २७ ग्राम ४८० मिलि ग्राम र शुद्ध तौल २४ ग्राम १००मिलि ग्राम ) ब्राउन सुगर जस्तो देखिने खैरो रङको गिलो पदार्थ (लागु औषद) फेलापारी बरामद गरि निज दुबै जनालाई प्रहरीले नियन्त्रण लिएको थियोे ।

उक्त पदार्थ सहित दुवैलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरी निरिक्षक कृष्ण डाँगीले बताउनुभयो । निजहरुलाइ प्रचलित कानुन अनुसार कारबाही अगाडि बढाएको डाँगीले बताउनुभयो ।

