विद्यार्थीका समस्या समाधानका लागि संवाद कार्यक्रम आवश्यक : सन्तोष रावल

लुम्बिनी प्रदेश बिशेष शिक्षा

नेपालगन्ज- महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका नेविसंघका विद्यार्थी नेता सन्तोष रावलले विद्यार्थीहरूको वास्तविक समस्या समाधानका लागि नियमित संवाद कार्यक्रम अपरिहार्य भएको बताएका छन्।

उनका अनुसार व्यक्तिगत मागहरू प्रायः स्वार्थपरक हुने भए पनि विद्यार्थीका वास्तविक समस्या भने विद्यार्थी संगठनका प्रमुख एजेण्डा बन्न सक्ने विषय हो। त्यसका लागि प्रत्येक कक्षा–कोठा र संकायमा पुगेर विद्यार्थीहरूको समस्या संकलन गर्न आवश्यक रहेको उनले बताए।

रावलले भने, “विद्यार्थी माझ प्रत्यक्ष रूपमा पुगेर समस्या सुन्नु र त्यसलाई संगठित एजेण्डा बनाउन सके मात्रै आन्दोलनलाई सही बाटो दिन सकिन्छ।”

उनले महिनामा एक पटक विद्यार्थी संवाद कार्यक्रम आयोजना गर्न प्रस्ताव गरेका छन्, जहाँ सबै विद्यार्थी संगठनका प्रतिनिधिहरूलाई बोलाउनुपर्ने र प्रत्येक संकायका विभाग प्रमुखलाई समेत सहभागी गराउनुपर्ने बताएका छन्।

यस्तो कार्यक्रमले विद्यार्थीका समस्या प्रत्यक्ष रूपमा प्रस्तुत हुने, राजनीतिक संस्कारलाई स्पष्ट पार्ने, विद्यार्थी प्रतिनिधिहरूको भिजन उजागर गर्ने र विभागीय प्रमुखहरूको योजना समेत पारदर्शी हुने विश्वास उनले व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *