नेपालगन्ज : प्रेस सेन्टर नेपाल बाँकेको चौथो जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनले पुनः डक्ट प्रसाद धिताललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
प्रेस सेन्टर नेपाल बाँकेले जिल्लामा क्रियाशिल ३ जना पत्रकार लाई सम्मान गरेको छ । सेन्टरको चौथो अधिवेशनमा ३ जना पत्रकार सम्मानित भएका हुन । कार्यक्रममा प्रदेश सांसद कृष्णा के-सी- नमुनाले स्थापना गरेको विरमी -चन्द्र ग्रामीण विकास पत्रकारिताबाट बरिस्ठ पत्रकार सिराज खान र कविन्द्र परियार पुरस्कृत भएका छन् भने क्रान्तिकारी पत्रकारिता पुरस्कारबाट पत्रकार प्रदिप वाग्ले पुरस्कृत भएका छ्न ।


कार्यक्रमका प्रमुख अतिथि तथा प्रेस सेन्टर लुम्बिनी प्रदेश संयोजक मानसिह विश्वकर्मा , नेकपा माओवादी केन्द्र बाँके इन्चार्ज पुर्णा कुमारी सुवेदीले, बाँके जिल्ला संयोजक तथा प्रदेश सांसद आइपी खरेल , प्रदेश सांसद कृष्णा केसी नमुना, प्रेस चौतारी बाँकेका अध्यक्ष हेमन्त बि-क-, पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्र ऋषि चौलागाईं, जेटियुसिसीका अध्यक्ष बसन्त मल्लले संयुक्त रुपमा सम्मान पत्र तथा नगद रु ५०००/ सहित सम्मान गरेका थिए ।
त्यसैगरी कार्यक्रममा प्रेस सेन्टरका पुर्व अध्यक्षहरु सुशील लामिछाने, प्रदीप वाग्ले, बामपंथी राजनीतिक बिश्लेसक नरेन्द्र जंग पिटर, प्रेस सेन्टर नेपालका नेता भिमराज वलीलाई सम्मान गरिएको थियोे ।
डक्ट प्रसाद धिताल अध्यक्ष रहेको जिल्ला कार्यसमितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा : राजेश आचार्य र आलम खान, सचिबमा : संगीन शर्मा, सह-सचिबमा : केपी घिमिरे , कोषाध्यक्षमा : चन्द्र बहादुर बोहोरा, सदस्यहरूमा सुदिप लामिछाने, पहल केसी, कबिन्द्र परियार, निरज सिंह, विवेक रेग्मी, सुशिला शर्मा, बिपिन खड्का, शुभाखर बि-क, बसन्ती परियार, अशरद रङरेज, बिनय पाठक, युसुफ अन्सारी, शिवराज साहु र ममता थापा रहेका छन् ।

