नेकपा(एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रीय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले अर्जेंटीनाको पार्तिया ग्रान्डे पार्टीकी कार्यकर्ता एवं एक विश्वविद्यालयकी विद्यार्थी युनियनकी पुर्व सभापति जिसेला कार्नाडाससंग शनिवार काठमाडौमा एक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा समग्र ल्याटिन अमेरीकाको वामपन्थी राजनीतिमा विद्यार्थी आन्दोलनको भुमिका, अर्जेंटीनाको शिक्षा प्रणाली र ल्याटिन अमेरिकामा अहिले देखिएको कम्युनिस्टहरूको विजयको विषयमा छलफल भएको छ ।

वोलिभिया, निकारागवा, चिली, कोलम्विया लगायत देशहरूमा वामपन्थीहरूको विजयले समाजवादी आन्दोलन वलियो वन्दै गएको र यो समाजवादी उभारवाट साम्राज्यवादीहरू अत्तालिएका छन । आसन्न व्राजिलमा हुन गइरहेको निर्वाचनमा समेत वामपन्थी नेता लुलाको विजय सुनिस्चित देखिन्छ । हाल ल्याटिन अमेरिकामा समाजवादी आन्दोलन पचास/साठी वर्ष यताकै वलियो वनेको छ। चेग्वेभारा, फिडेल, चाभेजहरूले देखाएको वाटोमा हामी पुगेका छौ ।
विश्वभरी नै समाजवादी आन्दोलनलाई वलियो वनाउदै समाजमा समानता र न्याय स्थापित गरी श्रमिक वर्गले आफ्नो अधिकार प्राप्त गर्नुपर्दछ र यो संघर्षलाई विश्वव्यापी वनाउनु पर्दछ । यसको लागि विद्यार्थीहरू नै जाग्नु पर्ने कुरा जेसिलाले वताईन । कार्यक्रममा अनेकास्ववियूका कार्यवाहक अध्यक्ष माधव पन्तले नेपालको विद्यार्थी आन्दोलन, यसले प्राप्त गरेका उपलब्धि, आजका चुनौती, विद्यार्थी आन्दोलनको अवको वाटो र अन्तर्राष्ट्रीय विद्यार्थी नेटवर्क निर्माणको विषयमा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा संगठनका कार्यवाहक अध्यक्ष माधव पन्त, महासचिव आरती लामा, उप महासचिवहरू महेस श्रेष्ठ, कल्यान दाहाल, दिनेश लो, मेघनाथ चापागाई, सचिवहरू टेकेन्द्र मल्ल, प्रदिप थापा, र स्थायी कमिटी सदस्यहरूको उपस्थिति रहेको थियो । अनेरास्ववियूका नेताहरूले जिसेलालाई माउन्ट एभरेष्ट र गौतम वुद्वको पवित्र भुमि नेपालमा स्वागत गर्दै अनेरास्ववियू र अर्जेन्टिनाको विद्यार्थी संगठनको विचमा मैत्रीपुर्ण सम्वन्धलाई अझै प्रगाढ वनाउनु पर्ने वताएका छन ।
कार्यक्रममा ऐतिहासिक विरासत वोकेको विश्वको विद्यार्थी आन्दोलनलाई एकाकार वनाएर अगाडी वढाउने विषयमा समेत छलफल भएको छ । हाल जिसेला समाजवादी आन्दोलनको पक्षमा र साम्राज्यवाद विरोधी संघर्षको अन्तराष्ट्रीय अभियन्ता रहेकी छिन । जिसेला चिनको कार्यक्रम पछि नेपाल आएकी हुन ।
कार्यक्रममा संगठनका कार्यवाहक अध्यक्ष पन्तले अन्तर्राष्ट्रीय विद्यार्थी आन्दोलनमा अनेरास्ववियूको छवि राम्रो रहेकोले धेरै जसो देशका वामपंथी विद्यार्थी संगठनसित हाम्रो गहिरो सम्वन्ध रहेको छ । यही सिलसिलामा अर्जेन्ट्नाको विद्यार्थी आन्दोलनको नेतृसित अन्तरक्रिया भएको छ । संसारभरी सवैको पहुचमा शिक्षा पुर्याउन र विद्यार्थीको हक, अधिकार प्राप्तिको लागि अन्तर्राष्ट्रीय विद्यार्थी आन्दोलन एकाकार हुनु अतिआवश्यक छ ।
यसको लागि हिजो अनेरास्ववियूको अन्तर्राष्ट्रीय छवि जोगाउदै सम्वन्ध थप परिस्कृत वनाउनु पर्ने पन्तले वताए छन । अनेरास्ववियूका सचिव टेकेन्द्र मल्लले ल्याटिन अमेरिकी विद्यार्थी आन्दोलनकी चर्चित नेतृ जिसेलालाई स्वागत गर्न पाउदा हामी खुसी छौ । यो आन्दोलनको अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण अवसर वनेको छ ।
उहा हाम्रो पाहुना हो र हामीले उहालाई स्वागत गरेका छौ ।मल्लले अन्तराष्ट्रीय विद्यार्थी आन्दोलनमा अनेरास्ववियूको गरिमा स्थापित रहेको र आगामी दिनमा यसको महत्वपूर्ण भुमिका हामीले निर्वाह गर्नुपर्ने वताएका छन ।
