रन्जु पाण्डे (सुर्खेत )
म साँझसँगै निदाउन सक्छु,
बिहानीको किरण सँगै नउदाउने गरी ।
उनीहरू पहिराेलाई झरना झै हेर्छन्,
मेरो खेतबारी नभत्किएझै गरी।
आउछन् भिडियो खिच्छन् रमाएर जान्छन्,
घरसँगै मेरा सपनाहरू नबगाएझै गरी।
सर्वोस्व डुब्दा बाढीलाई ‘सि साइड’ मान्छन्,
पानी बिनाको माछा नछटपटाएझै गरी।
किन बुझ्दैनन् रहर र बाध्यता
तिम्रो माेज नै हाम्रो बिजाेक नभएझै गरी।