नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेको जिभिएन मा.वि. आज एक कार्यक्रममा राष्ट्रिय उत्कृष्ट शिक्षा अवार्ड २०८२ बाट सम्मानित भएको छ ।
काठमाण्डौंमा फोकस नेपाल संस्थाले हरेक वर्ष उत्कृष्ट शिक्षा प्रदान गर्दै आएका विद्यालयहरुलाई सम्मान गर्दै आइरहेको छ । उक्त संस्थाले नेपालगन्जमा रहेको जि.भि.एन. मा.वि.ले उत्कृष्ट शिक्षा प्रदान गर्नुका साथसाथै विद्यार्थीहरुलाई सामाजिक उत्तरदायित्व र अन्य क्रियाकलाप समेत उत्कृष्ट काम गरेको भन्दै राष्ट्रिय उत्कृष्ट शिक्षा अवार्ड २०८२ विद्यालयका कार्यकारी प्रमुख गणेश भण्डारीलाई प्रदान गरेको थियो ।

उक्त सम्मान कार्यक्रममा कलेजका कार्यकारी प्रमुख गणेश भण्डारी र संयोजक खुमलाल शर्मा लगायतको उपस्थित रहेको थियोे ।