बाँकेको नेपालगञ्जबाट कर्णाली प्रदेशको मुगु गमगढी जाँदै गरेको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ भने १८ जनाको मृत्यु भएको छ। भे १ ख ३१६७ नम्बरको बस छायानाथ रारा नगरपालिका–७ तपने भन्ने खोलामा दुर्घटना भएको हो ।
मुगु जिल्लाका सिडियो रोमबहादुर महतले अहिलेसम्म २३ जनाको शव संकलन गरिएको बताए । मृतकको सङ्ख्या बढ्न सक्ने उनले बताए ।

उक्त बसमा ‘७० जना यात्रु थिए भन्ने कुरा आएको छ,’ उनले भने, ‘घाइतेहरूको उद्धार कार्य जारी छ, हेलिकप्टर पनि मगाएका छौं । मुगुमा रहेको प्लेन पनि घाइतेहरूलाई अस्पताल लैजानका लागि रोकिएको छ ।’
दुर्घटना स्थलबाट बस करीब २५० मिटर तल खसेको मुगु प्रहरीले जनाएको छ ।
