नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेद्वारा भित्ते पात्रो विमोचन

लुम्बिनी प्रदेश बिशेष शिक्षा


नेपालगन्ज : नेपाल राष्ट्रिय शिक्षक संगठन, बाँकेद्वारा आयोजित “नयाँ वर्ष २०८२ को शुभकामना तथा भित्ते पात्रो विमोचन कार्यक्रम” धम्बोझी मा.वि. मा एक भव्य समारोहका साथ सम्पन्न भएको छ। कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य तथा बाँके-बर्दिया इञ्चार्ज बामदेव सुवेदी रहनुभएको थियो। अतिथिका रूपमा संगठनका सम्पूर्ण कार्यसमिति सदस्य, बुद्धिजीवी परिषद् बाँकेका सचिव प्रदिप श्री, पूर्वअध्यक्ष रेखा धिताल, नेकपा एमालेका युवा नेता तथा जिल्ला सदस्य सुर्य रोकाय रहेको  कार्यक्रम सञ्चालन बाँके सचिव डा. पूर्णबहादुर शाहीले गर्नुभएको थियो कार्यक्रममा  स्वागत मन्तव्य उपाध्यक्ष भिम खरेलले व्यक्त गर्नुभएको थियो।

शिक्षक आन्दोलनका कारण केही ढिलो गरी आयोजित यस कार्यक्रमबारे अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिँदै भन्नुभयो, शिक्षक आन्दोलनले सबै राजधानी केन्द्रित भएको हुँदा कार्यक्रम ढिला भयो, तर भित्ते पात्रोले वार्षिक कार्ययोजनामा सहयोग पुग्नेछ। साथै उहाँले विभिन्न विभागहरू गठन गरिएको पनि जानकारी गराउनुभयो। सहकारी विभाग प्रमुख कृष्ण थापाले सहकारीमा आर्थिक पारदर्शिता अत्यावश्यक रहेको उल्लेख गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभयो।

बुद्धिजीवी परिषद् बाँकेका अध्यक्ष निम प्रकाश थापाले पनि कार्यक्रममा शुभकामना व्यक्त गर्दै, “शिक्षक आन्दोलनले केही निष्क्रियता देखिए पनि अबका दिनमा हामी अझ सक्रिय हुनेछौँ,” भन्नुभयो।

पेसागत अध्यक्ष दुर्गा डाँगी, पूर्वअध्यक्ष रेखा धिताल, युवा नेता सुर्य रोकाय, र भक्त बहादुर केसी  क्रमशः शुभकामना मन्तव्य दिँदै शिक्षक हकहित र आन्दोलनबारे आफ्ना विचारहरू प्रष्ट पार्नुभयो।

प्रमुख अतिथि बामदेव सुवेदीले शैक्षिक आन्दोलनका उपलब्धिहरूको समिक्षा गर्नुका साथै, आगामी असारमा आउने भनिएको शिक्षा ऐनलाई निरन्तर फलोअप गर्न शिक्षक साथिहरु सचेत हुनुपर्ने बताउनुभयो। उहाँले शिक्षक सहकारीमा सदस्यता र नविकरण नियमित गर्न, बचतमा सक्रियता देखाउन, र सामाजिक सञ्जालको सदुपयोग गरी दबाब सिर्जना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। साथै, शिक्षकहरूका लागि प्रशिक्षण कार्यक्रमहरूको आवश्यकता औंल्याउँदै संगठनले सधैं शिक्षकका हकहितमा कार्य गरिरहेको स्मरण गराउनुभयो।

कार्यक्रममा  २०८२  सालको भित्ते पात्रो औपचारिक रूपमा विमोचन गरिएको थियो। उपस्थित सम्पूर्ण अतिथि र सहभागीहरूले नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान गर्दै एक अर्काप्रति आत्मीयता प्रगाढ बनाउने यस्ता कार्यक्रमहरूले गर्ने भन्दै सभापति जिल्ला अध्यक्ष बाबुराम अधिकारीले कार्यक्रम समापन गर्नु भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *