भेरी अस्पताल नेपालगन्जको मेडिकल सुपरिटेन्डेन्टमा डा. थापा नियुक्त

लुम्बिनी प्रदेश बिशेष स्वास्थ्य/ खेलकुद

नेपालगन्ज – भेरी अस्पताल नेपालगन्जको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी डा. प्रकाश थापालाई दिइएको छ ।

अस्पतालका वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन थापा दशौं तहका चिकित्सक हुनुहुन्छ ।

अस्पतालमा यसअघि मेडिकल सुपरिटेन्डेन्टमा डा.पवनजंग रायमाझी हुनुहुन्थ्यो ।

यसअघि दुई पटक मेसुको जिम्मेवारी सम्हालिसक्नु भएका डा. थापाले कोरोनाकालमा बिरामीको उपचार तथा व्यवस्थापनमा निर्वाह गरेको भूमिकाको प्रशंसा हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *