नेपालगन्ज : “देशभरका सम्पूर्ण एम्बुलेन्स चालकहरू एक जुट हौं” भन्ने मुल नाराका साथ बाँके एम्बुलेन्स चालक संघले सातौं वार्षिक स्थापना दिवस मनाएको छ ।
स्थानीय बि.पी. चोकमा साँझ ६:३० बजे दिप प्रज्वलन गरि मनाएको छ । बिरामीहरुको सेवामा अहोरात्र खटिने एम्बुलेन्स चालकहरू एकजुट भइ आफ्नो हकहितका लागि निरन्तर लागिरहेको अध्यक्ष दिपेश चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो “हामी पैसा कमाउने भन्दा पनि सेवामूलक भावनाले काम गरिरहेका छौं ” ।
एम्बुलेन्स चालक संघ बाँकेका पूर्व अध्यक्ष मनोज बोगटीले एम्बुलेन्स चालकले आफ्नो ज्यानको प्रवाह नगरीकन रातदिन बिरामीको सेवामा जुटेको बताउदै राज्यले एम्बुलेन्स चालकहरुका लागि ठोस नीति नबनाएको हुदा चालकहरु चिन्तित भएको बताउनुभयो ।
नेपालगन्ज मेडिकल कलेजमा कार्यरत प्लास्टिक सर्जन डा. विनोद कर्णले एम्बुलेन्स चालक र चिकित्सकहरको सम्बन्ध प्रागण रहेको बताउनुभयो । उहाँका अनुसार एम्बुलेन्स चालकहरुले बिरामीलाई अस्पतालमा पुर्याउनु हुन्छ हामी चिकित्सकले बिरामीको उपचार गर्छौ अनि ठिक बनाएर पुनः घरमै पुर्याउने काम गरिरहेको बताउदै चिकित्सक र एम्बुलेन्स चालकको सम्बन्ध घनिष्ठ रहेको बताउनुभयो ।
एम्बुलेन्स चालक संघ केन्द्रीय सचिवालय सदस्य राजिव गुप्ताले यहीँ माघ १९ गते चितवनमा केन्द्रीय साधरणसभा हुन लागेको बताउदै उक्त कार्यक्रम सम्पूर्ण एम्बुलेन्स चालकहरु सहभागी हुने बताउनुभयो । चितवनमा हुने उक्त कार्यक्रममा २०७८/७९ एम्बुलेन्स निर्देशिका संशोधनका बारेमा वृहत् छलफल गरिने अध्यक्ष दिपेश चौधरीले बताउनुभयो ।
