नेपालगन्ज-१९ का हरित रुख लगाउ भनेर अभियान चलाएका हेमन्त राज काफले काठमाडौमा सम्मानित भएका छ्न ।
वातावरण संरक्षणमा रुची राख्ने साथीभाईको जन्मदिन थाहा पाउने वित्तिकै घर घरमै पुगेर विरुवा उपहार दिने उनी कविता , गीत ,नाटक , लेख रचनाहरु पनि लेख्छ्न र कति पत्रपत्रिका मा प्रकाशित समेत भएकोे छ्न् । उनले कृष्णसार एफ.एम.का लागि चेतनामूलक साप्ताहिक १०० औं नाटक लेखेका छ्न उनको दैनिक नेपालगन्जको मेरा कुरा स्तम्भ लोकप्रिय थियो अङ्ग्रेजी साहित्यको विद्यार्थी भएकाले साहित्यमा उनको रुचि छ तर उनको महान यात्रा हरित क्रान्तिको हो उनले बास ब्राईटल्यान्ड अवार्ड , वन पैदावारको रास्ट्रय हरित सम्मान , समरस्ता ईन्टर्नेसन्ल अवार्ड , डब्लु डब्लु एफ नेपालको एभरेस्ट कलाईमेट ईन्टर्नेस्नल अवार्ड , भारत बाट ट्री मेन अवार्ड र लुम्बिनी बिश्व शान्ति मंचको शान्ति हरित सम्मान र थुप्रै रास्ट्रीय र अन्तर्राष्ट्रिय सम्मानहरु पनि पाएका छ्न उनको सितलचिनी जागरण अभियान लोभलाग्दो छ ।
आफ्नो हरित सोच साकार पार्न साथीभाईलाई निशुल्क रुपमा विरुवा उपहार दिने काम काफ्लेले गरेका छ्न । देश भरी बिरुवा लगाउदै हिड्ने गरेका छ्न । उनले राष्ट्रपति रामचन्द्र पौड्याल, पुर्ब रास्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री के.पी. शर्मा ओली, त्यसैगरी पूर्व प्रधानमन्त्री माधव नेपाल, प्रदेश ५ का पुर्ब मुख्यमन्त्री शंकर पोख्रेल, पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व मन्त्री लालबाबु पण्डित, मन्त्री योगेश भट्टराई, गायिका कोमल ओली, पुर्ब मन्त्री महेश्वर गहतराज , पुर्ब मन्त्री मोहम्मद ईस्तियाक राई , नायक राजेश हमाल, डाक्टर महावीर पुन, विक्रम पाण्डे , कर्ण साक्य , बरिस्ठ गितकार राजेन्द्र थापा लगायतलाई निम , जामुन, अमला र सितल चिनीको विरुवा उपहार दिएका छ्न । उनको रुख प्रती सबैको माया बढोस भनेर यसरी बिरुवा दिने गरेको बताए ।
उनले नयाँ कोहि कसैलाई भेटे बिरुवा उपहार दिने गरेका छ्न । काफ्लेले देशका नाम चलेका व्यक्ति देखि सामान्य किसान सम्म बिरुवा उपहार दिने गरेका छ्न नेपालगन्जका चिकित्सक, वकिल, प्राध्यापक, पत्रकार, नागरिक समाजका अगुवा, सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारी समेत लाई हरित अभियान्ता काफ्लेले बिरुवा दिएका छ्न उनले सरकारी कार्यलयहरुमा आफै गइ बिरुवा लगाउने देखि जिल्लामा जो कोहि नयाँ सिडियो आउना साथ बिरुवाले स्वागत गर्ने बानी काफ्लेको छ । उनले बन्जर जमिनमा बिरुवा लगाउनु पर्छ भनेर किसानलाई प्रेरणा दिनुका साथै कुन बिरुवा लगाउने भनेर सल्लाह पनि दिने गरेका छ्न ।
उनको निरन्तर लगनशीलता उनको उच्च मुल्यांकन गर्दै र उनको साहित्यको लगाभलाई प्रेरणा मिलोस भनेर सगरमाथा साहित्य प्रतिस्ठानले सो सम्मान कार्यक्रम सगरमाथा साहित्य प्रतिस्ठानका नेपाल साखाका अध्यक्ष बुद्धिबल श्रेष्ठ र प्रमुख अतिथि प्राध्यापक डा राम प्रसाद ज्ञवालीले काठमाडौको प्रज्ञाप्रतिस्ठान , कमलादी मा भब्य कार्यक्रम गरि सम्मानित भएका छ्न ।