मानवता नेपाल बाँकेद्वारा मानव सेवा आश्रममा खाद्यान्न वितरण


नेपालगन्ज : “आउनुहोस् हराएको मानवताको खोजी गरौं” भन्ने मुल नाराका साथ सामाजिक कार्यमा सक्रिय संस्था मानवता नेपाल बाँकेद्वारा मानव सेवा आश्रममा नेपालगन्जमा खाद्यान्न वितरण गरेको छ ।

शनिबार बिहान ९ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नं १० आदर्शनगरस्थित रहेको मानव सेवा आश्रममा मानवता नेपाल बाँकेले थोरै थोरै रकम आफै संकलन गरेर केही खाद्यान्न वितरण गरिएको संस्थाका अध्यक्ष मधुसूदन अधिकारीले बताउनुभयो ।

कोही पनि भोकभोकै बस्न नपरोस् जसको कोही छैन त्यसको मानवता नेपाल छ भनेर उक्त अभियानमा नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ निवासी ज्योति पौडेलले केही आर्थिक सहयोग गरेको संस्थाकी उपाध्यक्ष सुमन गिरी श्रेष्ठले बताउनुभयो ।

उक्त खाद्यान्न वितरण कार्यक्रममा मानवता नेपाल बाँकेका अध्यक्ष मधुसूदन अधिकारी , संस्थाकी संस्थापक अध्यक्ष तथा लुम्बिनी प्रदेश सभाषद अम्बिका काफ्ले,  सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेका अध्यक्ष दिपेन्द्र कुमार जोसी, कानुन समाज सेवा नेपालका अध्यक्ष छत्र सुनार, मानवता नेपालका बाँकेको उपाध्यक्ष सुमन गिरी श्रेष्ठ, सचिव केपी घिमिरे, सहसचिव नेत्र प्रसाद सापकोटा, कोषाध्यक्ष खुश्वु श्रीवास्तव, सदस्यहरु रमेश पाठक, जितु नेपाल, अजिज हलवाई, आजीवन सदस्य पहल केसी ,करन वर्मा, कविता गिरी, शुभेच्छुक ज्योति पौडेल लगायतको उपस्थिति रहेको अध्यक्ष अधिकारीले बताउनुभयो ।

उक्त संस्थाले आजै बिहान बागेश्वरी मन्दिर परिसरमा बृहत् सरसफाइ गरेको थियो । आश्रममा १ बोरा चामल, ५ किलो आलु, ५ किलो नुन, १ पेटी चाउचाउ ,५ प्याकेट चिउरा, ५ प्याकेट भुजा, ५ केजी दाल लगायतको खाद्यान्न दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *