नेपालगन्ज : पछिल्लो समयमा शिक्षा क्षेत्रमा आफ्नो नाम कमाउन सफल ज्ञानोदय विद्या निकेतन मा.वि.ले प्रत्येक शुक्रबार विद्यार्थीहरुका लागि अतिरिक्त क्रियाकलाप गराउदै आइरहेको छ ।
शुक्रबार कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुका विच भएको वक्तृत्वकला कार्यक्रममा कक्षा ११ मा व्यवस्थापन संकायमा अध्ययनरत छात्रा दिपा डाँगी प्रथम स्थान ल्याउन सफल भएकी छिन् ।

त्यसैगरी फस्ट रनरअफ स्थान प्राप्त गर्न सफल सोही संकायमा अध्ययनरत संगम अधिकारी सफल भएकी छिन भने दोस्रो रनरअफ कम्प्युटर साइन्समा अध्ययनरत छात्र प्रतीक खड्का सफल भएका छन् ।
विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा सहभागी विद्यार्थीहरुले शिक्षाको बारेमा स्पिच दिएका थिए । त्यसैगरी विद्यार्थीहरुलाई कहिले प्रहरी कार्यालय, कहिले मानव सेवा आश्रममा, कहिले अदालत, कहिले सरसफाइ अभियान लगायतको सामाजिक कार्यमा सहभागी गराउदै आइरहेको कलेजका कार्यकारी प्रमुख गणेश भण्डारीले बताए ।

