चाडपर्वको समय हरित अभियन्ता सापकोटाले बोटबिरुवाको रेखदेख र गोडमेलमा लगाए


सुर्खेत : चाडपर्वमा मानिसहरु नाँचगान, खानेपानी, घुमफिर गरेर मनाउने गर्दछन् तर सामाजिक कार्यमा सक्रिय हरित अभियन्ता किरण किशोर सापकोटा भने पहिले विभिन्न ठाउँमा लगाएका बिरुवाको रेखदेख र गोडमेल गर्नमा व्यस्त भए ।

उनले सो समयमा हरित अभियान बनाउने क्रममा विभिन्न विद्यालयहरूमा आफ्नो अभियानलाई अगाडि बढाएका छन् उक्त समयमा उनले वीरेन्द्रनगर नगरपालिकास्थित वडा नम्बर ५ मा रहेको श्री ने.रा.मा. बि , वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ को पर्सिनीमा रहेको श्री कोपिला माध्यमिक विद्यालयमा आफ्नो अभियानलाई अगाडि बढाएका छन्।

उनको यो अभियानमा जसमा विद्यार्थीहरूले पनि साथ दिएको पाइन्छ। उनले यो सँगै आफ्नो अभियानलाई ९९ औँ विद्यालयमा हरित अभियान सम्पन्न गरेका छन्। उनी भन्छन् माइक्लिङ एण्ड ग्रिन स्कुल निरन्तर हरित अभियानलाई अगाडि बढाएको छ र यो समयमा मानिसहरू व्यस्त भएतापनि यो समयमा हामीले वातावरण संरक्षणमा ध्यान दिन सक्यौँ भने यो समयमा हामीले समाजमा सकारात्मक खालका अभियानहरुलाई चाल्न सक्यौं भने अभियानले सार्थकता पाउनेछ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *