सुर्खेत : सुर्खेतको सिम्ता गाउँपालिका वडा नं ५ वजेडाका स्थानीय बासिन्दा पम्फादेवि सोनी ८३ वर्ष पूरा गरेर ८४ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उहाँको घरपरिवारले चौरासी पूजा नगरेर उक्त पूजामा खर्च हुने रकमको आमाको नाममा अक्षयकोष स्थापना गरेका छन् ।
गत श्रावण महिनामा ८३ औं वर्ष पुरा गरि ८४ वर्षमा प्रवेश गरेको भएतापनि सम्पूर्ण छोराछोरी, आफन्तहरुको उपस्थितिमा पम्फादेवि सोनीको ८४ पुजा गरि फजुल खर्च गर्नुको सटटा उहाँको नामबाट उहाँ जिवित रहदै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बजेडा आलिका प्रधानाध्यापक श्री काशिनाथ योगिलाई सोही गाउँपालीका वडा नम्बर ५ का वडाध्यक्ष मोहन कुमार चन्दको हातबाट रु.१,००,०००/- अक्षरुपि रु.एकलाखको चेक हस्तान्तरण गरेका थिए ।

टीकाको दिन पारेर अफ्नै सुन्दरभुमि जामिर खोलाको प्राङ्गणमा आमा पम्फदेवि सोनीलाई सम्पूर्ण गाउँले आमाबुवा,दाजुभाइ र दिदीबहिनीहरुको उपस्थितिमा फुलमाला, खादा र टीकाले आमालाई सम्मान गरिएको उहाँको छोरा शेरेन्द्र कुमार सोनीले बताए ।
उक्त अक्षयकोषबाट आउने व्याजले स्कुलमा अध्ययनरत गरिब,जेहेन्दार र अनुशासित विधर्थीहरुलाई स्कुलको वार्षिकउत्सवको पावन अवसरमा सम्मान गरिने कोषको प्रमुख उद्देश्य हुने बताइएको छ ।
कुनै पनि कार्य मरेपछि भन्दा जिवित हुदै हामी सबैले सम्मान गर्नु पर्दछ भन्ने सकारात्मक सन्देश दिनु पनि कोषको उद्देश्य रहेको सोनीले बताए । निज पम्फादेविका छोराछोरी बुहारी, नातिनातिनी सबै गरेर ६३ जना रहेको छोरा शेरेन्द्रले बताए ।
निकट भविष्यमा सिम्ता बहुमुखी क्याम्पस सुर्खेतको लागिपनि वृहत् कोषको परिकल्पना गरिएको उनले नागरिक पथलाई बताए ।
