गुल्मी, गुल्मीको मदाने गाउँपालिका मा रहेको जनज्योति क्याम्पस पुर्कोट दह-गुल्मीको चौथो अधिबेशन आज सम्पन्न भएको छ, अधिबेशनबाट अध्यक्ष पदमा भोज बहादुर कुवर निर्वाचित हुनु भएको हो ।
आज क्यामपस सन्चालक समितिको अधिबेशनमा सहमति जुट्न नसकेपछि अध्यक्ष पदमा निर्वाचन भएको थियोे । अध्यक्ष पदमा भोज बहादुर कुवर र बोम बहादुर जि-सी-को उम्मेदवार रहेको थियोे । जस अन्तर्गत १ सय ८६ जना आजीवन सदस्यहरुले मतदान गरेका थिए । भोजबहादुर कुवर ११६ मतले विजयी हुनु भएको थियोे भने उहाँका प्रतिद्वन्द्वी बोम बहादुर जिसीले ६४ मत प्राप्त गर्नु भएको थियोे त्यसैगरी ६ मत बदर भएको थियो ।
अध्यक्ष बाहेकका पदहरुमा भने सर्वसम्मतले चयन भएको उक्त विद्यालयका आजीवन सदस्य जीवन महतले बताउनुभयो । उक्त अधिबेशनमा क्यामपस सन्चालक समितिको अध्यक्षमा श्री भोज बहादुर कुँवर, उपाध्यक्षमा: श्री गोबिन्द बहादुर कुँवर , कोषाध्यक्षमा: श्री तोर बहादुर जि.सी , सदस्यहरुमा : श्री डिम्पल सेन ओली , सदस्य: श्री कमल कुँवर , सदस्य: श्री ओम बहादुर के.सी , सदस्य: श्री सुर्य बहादुर नेपाली, सदस्य: श्री खिम बहादुर के सी, सदस्य: श्री बिरेन्द्र के सी,
सदस्य: श्री हुम बहादुर कुवर , सदस्य: श्री गोर बहादुर घ म , सदस्य : गणेश कुवर , तारा प्रसाद श्रेष्ठ रहेका छन् । निर्वाचन मण्डलले आजै शपथ खुवाएका थिए ।

