बृटिश स्कुलका कक्षा १० का विद्यार्थीलाई  बिदाई

लुम्बिनी प्रदेश बिशेष शिक्षा



नेपालगञ्ज: बृटिश इङ्लिस बोर्डिङ स्कुल नेपालगञ्जले कक्षा १० का विद्यार्थीहरूलाई एक भव्य समारोहका साथ बिदाई गरेको छ। नेपालगञ्ज बाइपासस्थित माउरी होटलमा आयोजित कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै आफ्नो अग्रज दाजु दिदीहरूलाई स्नेहपूर्वक बिदाई गरेका छन् ।

कार्यक्रममा बोल्दै कक्षा १० का विद्यार्थी जयन्द्र शाहीले विद्यालयले आफूहरूलाई जीवनको वास्तविक बाटो देखाएको बताउँदै भने प्रत्येक शुक्रबारका अतिरिक्त क्रियाकलापहरू अत्यन्त उपयोगी थिए। ती कार्यक्रमहरूले हाम्रो नेतृत्व, आत्मविश्वास र व्यवहारिक ज्ञान बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।
त्यस्तै  दक्षिणा शाहीले विद्यालयले आफूलाई धेरै कुरा सिकाएको बताउँदै भनिन्, यहाँ सिकेका सिकाईहरू मैले जीवनभर लागू गर्नेछु। बृटिश स्कुलले मलाई धेरै कुरा सिकायको   वताईन ।

विद्यालयका प्रधानाध्यापक हेमन्त राज काफ्लेले बिदाईलाई नयाँ सुरुवातको रूपमा लिनुपर्नेमा जोड दिँदै भने यो बिदाई होइन भविष्यको सुनौलो ढोका खुल्ने क्षण हो। मिहिनेत, अनुशासन र लगनशीलताले मात्र उज्ज्वल भविष्य सम्भव हुन्छ। आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहनुहोस् भबिस्य उज्यालो छ भने ।

विद्यालयका अध्यक्ष निरज शाहले आफ्नो मन्तव्य दिंदै भने यो केवल बिदाई कार्यक्रम होइन जीवनको नयाँ यात्रा सुरू गर्ने समय हो। हाम्रो विद्यालयले विद्यार्थीहरूलाई व्यवहारिक जीवनमा उपयोगी शिक्षा र अनुशासन प्रदान गरेको छ। तपाईंहरू जहाँ गए पनि बृटिश स्कुल सधैं तपाईंहरूको साथमा रहनेछ। उनले कक्षा ९ का विद्यार्थीहरूलाई पनि मिहिनेत गर्न र पढाइलाई जीवनको सबैभन्दा ठूलो साथी ठान्न सुझाव दिए।

कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीहरूले आकर्षक नृत्य, गीत तथा मनोरञ्जनात्मक प्रस्तुति दिँदै कार्यक्रमलाई झनै रमाइलो  बनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *