नेपालगन्ज : गत शुक्रबार भुकम्पमा परी भर्ना भइ उपचारको क्रममा रहेका अधिकाश बिरामीहरुमा हाडजोर्नी भाचिएको, चर्किएको र टुटेफुटेको समस्याहरु प्राय: सबै घाइतेहरुमा देखिएको छ ।
भेरी अस्पतालमा सेवारत अर्थोपेडिक सर्जन डा. प्रकाश थापा, डा. लक्ष्मण सिग्देल, तिर्थेन्द्र खडका लगायतको टीम घाइतेको अप्रेसन लगायतको अन्य उपचारमा खटिएका छन् ।
भेरी अस्पतालमा चिकित्सक , नर्स तथा स्वास्थ्यकर्मीको टिम २४ सै घन्टा घाइते बिरामीहरुको उपचार तथा अपरेसनमा खटिरहको भेरी अस्पताल नेपालगन्जका फोकल पर्सन नरेश श्रेष्ठले बताए । अस्पतालमा बिरामीहरुको उत्कृष्ट उपचार तथा अपरेसन सफल भएकोले कुनै पनि हाडजोर्नी सम्बन्धी बिरामीहरुलाई जिल्ला बाहिर थप उपचारको लागि पठाउन नपरेको श्रेष्ठले बताए ।

बिरामीहरुको सफल अपरेसन भइ बिरामी निको हुदै गइरहेको र डिस्चार्ज हुने क्रममा रहेको अस्पताल प्रशासनले जनाएको छ ।

