नेपाल आदिवासी जनजाति महासंघ बाँकेले मेला महोत्सव लगाउदै


नेपालगन्ज : “विश्व भरी फैलिएका हामी जनजाति , हामी आदिवासी जोगाइ राखौं भेषभुषा भाषा संस्कृति” भन्ने मुल नाराका साथ नेपाल आदिवासी जनजाति महासंघ बाँकेले कृषि पर्यटन प्रवद्दन व्यापारीक संरक्षण तथा सांस्कृतिक महोत्सव २०८१ नेपालगन्जको वाटर पार्कमा लगाउने भएको छ ।

आज नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै नेपाल आदिवासी जनजाति महासंघ बाँकेका अध्यक्ष डम्बर थापा मगरले कार्तिक २९ गतेदेखि मंसिर १८ गतेसम्म लाग्ने उक्त महोत्सवमा २५० बढी स्टल रहने, स्थानीय भेष भुषा , कला संस्कृति झल्काउने खाद्यान्न देखि नाँचगान, राष्ट्रिय कलाकारको उपस्थित रहने बताउनुभयो ।

उक्त महोत्सवमा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाकै धार्मिक तथा पर्यटकीय स्टल प्रदर्शनी, जातीय खानाको परिकार, महोत्सव अवधिभर ३ लाख बढी दर्शकको उपस्थित गराउने, ५ करोड बढीको आम्दानी गरि नेपाल आदिवासी जनजाति महासंघ बाँकेको भवन निर्माण गरिने उहाँले बताउनुभयो ।

आदिवासी जनजाति महासंघको पहिलोपटक आयोजना गर्न लागेको महोत्सवमा सबैले अवलोकन गर्न तथा भरपुर मनोरञ्जन लिन सबैलाई आग्रह गरिएको छ । उक्त कार्यक्रममा नायक विराज भट्ट, नायक निखिल उप्रेती, गायकार प्रकाश सपुत, प्रमोद खरेल, शिव परियार, प्रिती आले लगायतका दर्जनौं गायकले प्रस्तुति गर्ने अध्यक्ष थापाले बताउनुभयो ।

आज भएको पत्रकार सम्मेलनमा नेपाल आदिवासी पत्रकार महनसंघ बाँकेका सचिव राजन राना मगरले सञ्चालन गरेको कार्यक्रम पत्रकार समीरमान श्रेष्ठले सहजीकरण गर्नु भएको थियोे । ५० बढी सञ्चारकर्मीको उपस्थित रहेको कार्यक्रममा सञ्चारकर्मीहरुले यसभन्दा अगाडि भएका मेलाको बारेमा र अब गर्न लागिएको मेला फरक हुनुपर्ने, ब्यानरमा कलाकार देखाउने तर कार्यक्रममा नबोलाउने जस्तो कार्य गर्न नहुने, पत्रकारहरुलाई समाचार सम्प्रेषणका लागि छुट्टै ठाउँको व्यवस्थापन गर्नुपर्ने लगायतका सल्लाह सुझाव दिएमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *