नेपालगन्ज : सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्दै आइरहेको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको वष २०२४/२५ का लागि पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
बिहीबार क्लबको अध्यक्ष ला. जयेश जंग शाहको अध्यक्षतामा भएको क्लवकको कार्यक्रममा पद हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक गभर्नर ला. मुकुट ढकाल, विशिष्ट अतिथिमा इलेक्टेड भिडिजि ला. ज्ञानेन्द्र कुमार श्रेष्ठ, जोन चेयर पर्सन ला. बिन्दु चर्ती मगर, अतिथि इलेक्टेड जोन चेयर पर्सन ला. सुमन गिरी, क्लबका पूर्व अध्यक्ष ला. केपी घिमिरे, ला. बसन्ता शर्मा लगायतका अतिथिहरुको उपस्थितिमा पद हस्तान्तरण कार्यक्रम गरिएको हो ।

प्रमुख अतिथि ला. मुकुट ढकालले लायन्स परिवार भनेको खुल्ला विश्वविद्यालय भएको बताउनुभयो । लायन्स क्लव अफ इन्टरनेशनल ३२५ एन ले विश्वमा नै उत्कृष्ट काम गर्न सफल भएको बताउनुभयो । भिडिजि ला. ज्ञानेन्द्र श्रेष्ठले नयाँ चयन भएका अध्यक्ष लगायतको टीमले अझै धेरै राम्रा राम्रा कामहरु गरेर उत्कृष्ट क्लब बन्न सल्लाह सुझाव दिनुभयो । ला. जयेश जङ्ग शाहको कार्यकाल सफल भएको भन्दै डिष्ट्रिक गभर्नर ला. मुकुट ढकालले प्रमाणपत्र र पिनले सम्मान गर्नुभएको थियो ।
नयाँ वर्ष २०२४/२५ को अध्यक्षमा ला. डा. खेमा भण्डारी त्यसैगरी प्रथम उपाध्यक्षमा ला. पुष्पा सुवेदी , द्वितीय उपाध्यक्षमा ला. डा. रोमन किदुवाई, तृतीय उपाध्यक्षमा ला. बेबी कुमारी मण्डल, सचिवमा ला. विजया लक्ष्मी केसी , सहसचिवमा ला. सुनिता तिवारी , कोषाध्यक्षमा ला. श्रृष्टि श्रेष्ठ लगायतका पदाधिकारीहरु चयन भएको वर्ष २०२३/२४ का अध्यक्ष ला. जयेश जङ्ग शाहले बताउनुभयो ।
क्लबका अध्यक्ष ला. जयेश जङ्ग शाहले प्रमुख अतिथि लगायतका अतिथिहरु, क्लबका पदाधिकारी, सदस्यहरु सबैलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

