नेपाल आइडल सिजन ५ मा नव प्रतिभा करण परियार नेपाल आइडल बन्न सफल भएका छन् l नेपाल आइडल सिजन-५ को शनिबार सम्पन्न ग्रान्ड फिनालेमा करण विजेता घोषित भएका हुन् ।
ग्रान्ड फिनालेमा बर्दियाका करणले पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि आफ्नो हाता पारेका हुन् ।

विजेता करणले नगद रु २५ लाख सहित ट्रफी हाता पारे त्यसैगरी फर्स्ट रनरअप सलोमी गुरुङ र सेकेन्ड रनरअप सचिन विश्वकर्मा भए l फर्स्ट रनरअप सलोमीले ट्रफी र १० लाख रुपैयाँ हट पारिन् भने सेकेन्ड रनरअप सचिनले ट्रफी र ५ लाख रुपैयाँ प्राप्त गरे।