अस्ताए जनताका जनगायक जेबी टुहुरे

मुख्य खबर

जनताको मनमनमा बस्न सफल जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । टुहुरेको बयोधा अस्पतालमा बिहीबार उपचारका क्रममा निधन भएको हो । टुहुरे मंगलबार आफ्नै घरमा एक्कासि लडेपछि तत्काल उपचारका लागि बयोधा अस्पताल लगिएको थियो । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग रहेका टुहुरे माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष हुन् ।

माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालकाअनुसार उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि साढे १ बजेदेखि २ बजेसम्म माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने भएको छ । उनको बिहीबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रले जनाएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *