नेपाल पत्रकार महासंघ बाँके शाखाद्वारा स्वर्गीय पन्नलाल गुप्ता चाचाको तेस्रो स्मृति दिवस मनायो 

लुम्बिनी प्रदेश बिशेष


नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाले प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचाजी’ को तेस्रो स्मृती दिवस नेपालगंजमा मनाईएको छ ।

नेपाल पत्रकार महासंघ बाँके शाखाले आफ्नै सभाहलमा उक्ति कार्यक्रम गरेको थियो । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको  कार्यक्रममा स्वर्गीय गुप्ताका छोरा नेपालगन्ज उपमहानगरपालिकाका पुर्व मेयर तथा बरिस्ठ अधिवक्ता विजय कुमार गुप्ता, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सिराज खान, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्र ऋषि चौलागाईं, सचिव शिव कुमार सुनार, प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन वली, लगायतको उपस्थिति रहेको थियो ।

उक्त स्मृति दिवसमा बोल्ने अधिकांश वक्ताहरूले चाचाजीको नाममा कुनै मार्ग बनाउन नेपालगन्ज उपमहानगरपालिकासंग पहल गर्ने र उहाँको बारेमा कार्यक्रम गर्नका लागि क्यालेन्डरमा नै समेटिनु पर्नेमा जोड दिएका थिए ।
त्यसैगरी विजय पन्नालाल गुप्ता स्मृति प्रतिस्ठान र नेपाल प्रेस युनियन बाँकेले छुट्टा–छुट्टै कार्यक्रमको आयोजना गरी प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नलाल गुप्ता चाचाजीलाई स्मरण गरेका हुन ।
गुप्ता नेपाल पत्रकार महासंघ बाँकेका पुर्बअध्यक्ष, नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष समेत हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *