नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १० मा मृत अवस्थामा महिलाको शव फेला परेको छ ।
सोमबार साँझ ६:४५ बजेको समयमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज नजिकै नेपाली मुलको जस्तो देखिने अन्दाजी ३२ वर्ष जस्तै देखिने नाम थर वतन नखुलेको महिला मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

नीजको शवलाई प्राम्भिक अनुसन्धान पश्चात हाल भेरी अस्पताल नेपालगन्जको शव गृहमा राखिएकोले उक्त मृतक महिलालाई चिन्नु हुने मानिसहरुले प्रहरी कार्यालय बाँकेमा खबर गरिदिन प्रहरीले अनुरोध गरेको छ ।
